Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ओलीलाइ रामचन्द्र पौडेलको चुनौति -‘हिम्मत भए मसंग चुनाव लड्न आउँनू’

ओलीलाइ रामचन्द्र पौडेलको चुनौति -‘हिम्मत भए मसंग चुनाव लड्न आउँनू’

  • 4.0K
    SHARES

  • ओलीलाइ रामचन्द्र पौडेलको चुनौति -‘हिम्मत भए  मसंग चुनाव लड्न आउँनू’

    बुटवल,पुस ९- 

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूसँग चुनाव लड्न चुनौति दिएका छन् । केन्द्रीय कार्य समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले आफूलाई ‘चुनाव हार्ने डरले प्रतिनिधिसभा विघटनको विरोध गरेको’ भनी ओलीले लगाएको आरोपको प्रतिवाद गरेका हुन् ।

    पौडेलले भने– मलाई तनहुँमा चुनाव हार्छ भन्ने केपी ओलीजी अर्को उम्मेवार नपठाउनुस्। तपाई मसँग चुनाव लड्न आउनु, म तपाईसँग प्रतिस्पर्धा गर्न तयार छु ।

    ओलीले असंवैधानिक कदम चालेर लोकतन्त्रको हत्या गरेकाले कांग्रेस संविधान बचाउँन आन्दोलनमा उत्रिनुपर्ने उनले बताए ।

    पौडेल २०७४ सालको निर्वाचनमा तत्कालीन नेकपा एमालेका किसान श्रेष्ठसँग पराजित भएका थिए । श्रेष्ठ ओली नेतृत्वको नेकपा केन्द्रीय सदस्यमा हालै मनोनित भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology