Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा चर्को घरवहाल कम गर्न रूपन्देही व्यापार संघको र्‍याली

बुटवलमा चर्को घरवहाल कम गर्न रूपन्देही व्यापार संघको र्‍याली

  • 1.5K
    SHARES

  • बुटवलमा चर्को घरवहाल कम गर्न रूपन्देही व्यापार संघको र्‍याली

    बुटवल,फागुन १। 

    चर्को घरवहाल कम गरि व्यापार व्यवसायलाई पलायन हुनबाट जोगाउन आग्रह गर्दै रुपन्देही व्यापार संघले मंगलवार बुटवलमा अनुरोधात्मक र्‍यालीको ओयाजना गरेको छ ।

    पछिल्लो समयमा व्यवसायीक क्षेत्रमा बढेको आर्थिक मन्दी र त्यसले पारेको असरप्रति गम्भिर बन्दै व्यापारिक क्षेत्रको घरवहालमा छुट दिन संघले घरधनीहरुलाई अनुरोध गर्दै र्‍याली निकालेको संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले बताउनु भयो । 
    संघले चर्को घरवहाल उठाउने सोंचले घरधनी तथा व्यवसायी दुबैलाई फाइदा नहुने जिकिर गर्दै वजार विस्थापन रोक्न चर्को घरवहालमा पुनरविचार गर्न गरेको छ ।

    चर्को बैंक व्याजदर, महगों घरवहाल लगायतका विविध कारणबाट दिनानुदिन व्यापार व्यावसायमा देखा परेका समस्या र वजार विस्तापित हुने खतराप्रति संघले स्थानिय सरकार र सरोकारवाला सरकारी निकायहरुको ध्यानाकर्षण पनि गराएको छ ।

    संघको कार्यालयबाट विभिन्न नारासहितको प्ले कार्ड बोकेर निस्केको ¥याली जेसीसचोक, संगमथप, विपीचोक, अमरपथ हुदै टक्सारभवन अगाडी पुगेर समापन भएको थियो । आर्थिक मन्दीका कारण व्यापार र व्यावसायिक गतिविधिमा ह्रास आएको जनाउँदै संघले वजार विस्थापित हुनवाट जोगाउन चर्को घरभाडा घटाउनुको विकल्प नभएको जनाएको छ । 
    कार्यक्रमको सुरुवात गर्दै संघका अध्यक्ष अधिकारीले कोभिड– १९ पछि व्यवसायमा आएको मन्दी एवं बैंक तथा वित्तीय संस्थाले लिने गरेको चर्को बैंक ब्याज दरका कारण व्यवसायी समस्यामा परेको जनाउदै त्यसमा सहयोगीको भूमिका खेल्न घरधनीहरुलाई आग्रह गर्नु भयो ।

    ¥याली समापन कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले आर्थिक जटिलताका कारण व्यापार व्यवसाय सञ्चालन हुन नसक्दा व्यवसायी प्रभावित भएको बताउदै व्यवसाय चलायमान बनाउनका लागि घरधनीहरुको पनि सहयोगी भूमिका जरुरी रहेको धारणा राख्नु भयो ।

    उहाले घर-सटर बहालमा लिई व्यवसाय गर्ने व्यवसायीले चर्को घर बहाल भुक्तान गर्न नसकेको अवस्था रहेको चर्चा गर्दै चर्को घर बहालका कारण सटर घर खाली राख्नु भन्दा केहि समयका लागि वहाल रकम घटाएर व्यवसाय वचाउने बाटो अवलम्बन गर्न अनुरोध गर्नु भयो ।

    संघका पूर्व अध्यक्ष पदम प्रसाद श्रेष्ठले समयमा नपाउँदा घर बहालमा आश्रित घरधनीलाई समेत पक्कै अप्ठ्यारोे परेको होला भन्दै त्यो अवस्थाको अन्त्यका लागि चर्को घरधनी र भाडामा बसेका व्यवसायीहरुवीच समझदारी कायम गरि घरवहाल कम गर्नेतर्फ लाग्नु पर्ने बताउनु भयो । घट्दो र खस्कदै गइरहेको व्यापारलाई वचाएर आफू पनि चल्ने र सबैलाई चल्ने अवस्था बनाउनका लागि  चर्को घरवहाल घटाउन घरधनीहरुलाई आग्रह गर्नु भयो ।

    संघका पूर्व अध्यक्ष मोतीलाल पाण्डेले चर्को घरवहाल उठाउने सोंचले घरधनी तथा व्यवसायी दुबैलाई फाइदा नहुने जिकिर गर्दै वजार विस्थापन रोक्न चर्को घरवहालमा पुनरविचार गर्न आग्रह गर्नु भएको छ । संघका निर्वतमान अध्यक्ष कृष्णप्रसाद घिमिरेले चर्को बैंक व्याजदर, महगों घरवहाल लगायतका विविध कारणबाट दिनानुदिन व्यापार व्यावसायमा देखा परेका समस्या र वजार विस्तापित हुने खतराले अर्थतन्त्रलाई नै असर गर्ने बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology