Logo बिहिवार, आश्विन १ गते २०८३
images

अक्सफोर्ड माविमा सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण

अक्सफोर्ड माविमा सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण

  • 2.5K
    SHARES

  • अक्सफोर्ड माविमा सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण

    बुटवल,माघ २९ ।

    अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलले सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम सुरु गरेको छ । दुईदिनसम्म चल्ने उक्त कार्यक्रममा पहिलो दिन प्रि–नर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम गरेका छन् । उक्त कार्यक्रमको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गरिन ।

    सो अवसरमा बोल्दै उनले बालबालिकाको अन्तरनिहीत प्रतिभा उजागर गर्न यस्तै सांस्कृतिक कार्यक्रमको ठुलो भूमिका रहने बताइन् । विद्यार्थीहरुलाई किताबी ज्ञान भन्दा पनि ठुलो ज्ञान यस्ता अतिरिक्त क्रियाकलापबाट हुने भन्दै संस्कारसहितको शिक्षामा अक्सफोर्डले जोड दिएको उनले प्रसंसा गरिन ।

    कर्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विद्यार्थीहरुको सफलता उनीहरुको अंकमा मात्र मापन गर्न नसकिने भन्दै विद्यालय संस्कारसहितको शिक्षालाई अंगीकार गरेको बताए । उनले राजधानी र केही अन्तर्राष्ट्रिय स्कुलसँगको सहकार्यमा विद्यार्थीलाई बढीभन्दा बढी उपयोगी शिक्षा प्रदान गर्न विद्यालयले लागेको भन्दै अभिभावक यसका लागि साथ दिनुपर्ने बताए ।

    विद्यालयको एक्लो प्रयासले मात्र विद्यार्थीहरुको संवार्ण विकासमा परिर्वतन ल्याउन नसकिने भन्दै अभिभावकहरुले आफ्ना सन्तानलाई कम तर गुणस्तरीय समय दिनुपर्ने बताए । पछिल्लो समय बालबालिका बढी प्रविधिसँग घुलमिल भइरहेको र त्यसबाट केही नकरात्मक प्रभाव पनि परेको भन्दै अभिभावकले यसमा सहजीकरण गर्नुपर्ने बताए ।

    कार्यक्रममा कक्षा १ र २ का विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै विभिन्न सांस्कृतिक, भेषभूषा, रहनसहनसम्बन्धी नृत्य, सचेतनामूलक नाटकसमेत कार्यक्रममा प्रस्तुत गरिएको थियो । कार्यक्रमको दोस्रो दिन मंगलबार कक्षा २ देखि १० सम्मका विद्यार्थीहरुको सांस्कृतिक कार्यक्रमसंगै पुरस्कार वितरण हुने बताइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology