बुटवल,माघ २९ ।
बुटवल १२ नयाँगाउँ स्थित मुक्तिनाथधाममा श्रीमद्भागवत प्रवचन विश्व कल्याण महायज्ञ समापन गरिएको छ । मत्स्य पुराण पारायण हनुमान चालिसा हवनात्मक अनुष्ठान श्रृङ्गारिक महाआरती विश्व कल्याण महायज्ञ यहि माघ २२ गतेदेखि शुरु भएको थियो ।
धामका अध्यक्ष धर्मप्रसाद आचार्यले महायज्ञ सफल भएको बताए । महायज्ञ गर्नुको उद्धेश्य आर्थिक नभई हिन्दु संस्कृतिको जोर्गन गर्न, देशमा शान्तिको कामना र सम्पूर्ण भक्तजनहरुलाई धार्मिक रुपमा अनुशासित गराउने उद्धेश्यले आयोजना गरिएको र महायज्ञ अवधिभर भक्तजनको उल्लेखनीय सहभागीता रहेको बताए ।
साथै उनले बैशाखदेखि प्रत्येक एकादशीमा आरती पुजा गर्ने तयारी रहेको बताए । साथै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीप्रसाद शर्माले महायज्ञमै आएर आरती पुजाको लागि सहयोग गर्ने वचन दिएको बताए ।
महायज्ञमा प्रवचन धामका प्रमुख संरक्षक स्वामी लोकानन्द र कथावाचन भने भागवत भास्कर पण्डित कमलनयन गौतमले गरेका थिए । महायज्ञको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए । मुक्तिनाथ धाममा बिस २०६२ सालदेखि निरन्तर रुपमा माघ २२ गतेदेखि नै महायज्ञ हुँदै आएको छ ।
महायज्ञ अवधिभर मुख्यमन्त्री,मन्त्रीहरु,सांउद,उच्च पदस्थ अधिकारीहरु,समाजसेवी लगायतको हजाराैँ श्रद्धालुको सहभागिता रहेको थियो । महायज्ञको समापन बुटवल उपमहानगरपालिकाकी उपप्रमुख साबित्रादेबी अर्यालले गरेकी हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)