Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

अन्तराष्ट्रिय कण्डम दिवसमा जनचेतना जगाउन बुटवलमा म्युजिकल कन्सर्ट

अन्तराष्ट्रिय कण्डम दिवसमा जनचेतना जगाउन बुटवलमा म्युजिकल कन्सर्ट

  • 1.1K
    SHARES

  • अन्तराष्ट्रिय कण्डम दिवसमा जनचेतना जगाउन बुटवलमा म्युजिकल कन्सर्ट

    बुटवल,माघ २९ ।

    बुटवलमा म्युजिकल कन्सर्ट हुने भएको छ । युवा युवतीहरुलाई लक्षित गरेर कण्डमको प्रयोग तथा यसको फाईदाहरुको विषयमा जानकारी दिने उदेश्यका साथ बुटवलको ट्राफिक चाेकका कार्यक्रम हुन लागेको हो । अन्तराष्ट्रिय कण्डम दिवसको अवसरमा बुटवलमा १३ फेब्रुअरी अर्थात फागुन १ गते मंगलबार कार्यक्रम हुनेछ ।

    आस्था समुह बुटवल र स्वास्थ्य निर्देशनालय राप्ती दाङको आयोजना तथा एड्स हेल्थकेयर फाउन्डेसनको सहयोगमा ट्राफिक चाेकमा दिउँसो ३ बजे देखि कार्यक्रम हुन लागेको हो । कार्यक्रममा नेपालका चर्चित कलकार काली प्रसाद बाँस्कोटाको विशेष प्रस्तुती रहने छ ।

    सार्वजिनिक स्थानमा अयोाजना गरिएको कार्यक्रममा निःशुल्क रुपमा प्रवेशको व्यवस्था, निःशुल्क र गोप्य रुपमा एचआईभी परिक्षण तथा निःशुल्क कण्डम वितरणको कार्यक्रम समेत आयोजना गरिएको ए एच एफ नेपाल लुम्बिनी प्रादेशिक अस्पताल कार्यक्रम संयोजक धर्मराज भट्राईले जानकारी दिए ।condom day.jpeg


    सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी म्युजिकल कन्र्सटको विषयमा जानकारी दिदै उनले उक्त कार्यक्रममा काली प्रसाद बास्कोटा सहित अन्य स्थानीय सत्यसाई कर्ला केन्द्रको सास्कृतिक कार्यक्रम सहित सचेतनामुलक नाटक समेत प्रस्तुत गरिने जानकारी दिए ।

    उक्त कार्यक्रममा साहरी कदम नेपालको संयोजकत्वमा लैंङगीक तथा योनिक अल्पसंख्यक समुदायको फेस परेड कार्यक्रम समेत आयोजना गरिएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा प्रदेश सभा सदस्य जमुना ढकाल,स्वाथ्य निर्देशनालय प्रमुख डा। विनोद गिरी, स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल लगायतको सहभागीता रहने छ ।

    ए एच् एफ नेपालका राधेश्याम श्रेष्ठका अनुसार यो संस्था ४५ वटा देशका फैलिएको छ । नेपालको सात वटा प्रदेशमा एचआईभी र एड्सको क्षेत्रमा काम गर्दै आएको छ । ए एच एफ नेपालमा सन् २०११ बाट कण्डम दिवस मनाउन थालेको छ । आस्था समुह बुटवलका अध्यक्ष केशव पुन मगरले युवाहरुलाई टार्गेट गरेर विश्व कण्डम दिवसको कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology