Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल उपमहानगरले लोक नृत्य प्रतियोगिता गर्दै,पुरस्कार राशी एक लाख (भिडियो)

बुटवल उपमहानगरले लोक नृत्य प्रतियोगिता गर्दै,पुरस्कार राशी एक लाख (भिडियो)

  • 1.0K
    SHARES

  • बुटवल उपमहानगरले लोक नृत्य प्रतियोगिता गर्दै,पुरस्कार राशी एक लाख (भिडियो)

    बुटवल,माघ २९ ।

    बुटवलमा एक लाख रुपैयाँ पुरस्कार राशीको लोक नृत्य प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिकाको ६५ औं स्थापना दिवसको अवसरमा फागुन १ र २ गते बुटवल उपमहानगरपालिकाको परिसरमा अन्तर विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता आयोजना गर्न लागिएको हो।

    लोकसंस्कृतिको जगेर्ना तथा विद्यालयस्तरबाटै क्षमता विकासको कार्यक्रमअन्तरगत लोकनृत्य प्रतियोगिता आयोजना गर्न लागिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उनले विद्यार्थीहरुमा हरेक खालको क्षमता विकासका लागि बुटवलले खेलकुद र सांस्कृतिक कार्यक्रम र अन्य शैक्षिक सुधारका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए।

    समाजको सांस्कृतिक सम्पत्तिको रुपमा रहेका लोक संस्कृतिलाई जगेर्ना गर्न र अहिलेका पिंढीलाई लोकसंस्कृतिको जानकारी दिन लोकनृत्य प्रतियोगिता गर्न लागिएको लोकनृत्य प्रतियोगिता संयोजक तथा बुटवल उपमहानगरपालिका-१३ का अध्यक्ष नारायण पुनले बताए ।उनका अनुसार प्रतियोगितामा एउटा विद्यालयबाट एक समुहले मात्र भाग लिन पाउनेछन्।

    उपमहानगर भित्रका ४४ विद्यालयले सहभागिता जनाउँदैछन् । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने वडाध्यक्ष पुनले जानकारी दिए । त्यस्तै, द्वितीय हुनेले ६० हजार र तृतीय हुनेले २५ हजार रुपैयाँ पाउनेछन् ।

    हेराैँ पत्रकार सम्मेलनको भिडियो :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology