Logo बिहिवार, आश्विन १ गते २०८३
images

निर्यात ७.२ प्रतिशत,आयात ३.८  प्रतिशतले घट्यो

निर्यात ७.२ प्रतिशत,आयात ३.८  प्रतिशतले घट्यो

  • 783
    SHARES

  • निर्यात ७.२ प्रतिशत,आयात ३.८  प्रतिशतले घट्यो

    काठमाडौं, माघ २९ ।

    आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिनामा निर्यात र आयातमा कमी आएको छ। पुस महिनाको अवधिमा कूल वस्तु निर्यातमा ७.२ प्रतिशत र आयातमा ३.८ प्रतिशतले कमी आएको हो। 

    अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा.प्रकाशशरण महतले निर्यातमा कमी हुनुमा उत्पादन कम्पनीहरूले गति लिन नसक्नु् नै मुख्य कारण रहेको बताए। अर्थमन्त्री महतले आयातमा कमीबारे  सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी दिए।

    यसैगरी यो अवधिमा २४ अर्ब  ४८ करोड मूल्य बराबरको थप धितोपत्र सूचीकृत  भएको छ। बजार पूँजीकरण ३३ खर्ब ३० अर्ब ७५ करोड रहेको अवस्था रहेको उक्त प्रतिवेदनमा उल्लेख छ।

    यो अवधिमा विप्रेषण  आप्रवाह (नेपाली मुद्रा) २५.३० प्रतिशतले बढेको छ। यो ७ अर्ब  ३३ अर्ब २२ करोड पुगेको अवस्था हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशत बढेको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology