Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

रूपन्देही क्षेत्र नं २ ले थाल्यो ‘काँग्रेस सम्बाद’अभियान

रूपन्देही क्षेत्र नं २ ले थाल्यो ‘काँग्रेस सम्बाद’अभियान

  • 1.1K
    SHARES

  • रूपन्देही क्षेत्र नं २ ले थाल्यो ‘काँग्रेस सम्बाद’अभियान

    बुटवल,माघ २८ ।

    नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर -२ रुपन्देहीले  काँग्रेस सम्बाद अभियान प्रारम्भ गरेको छ ।

    नेपाली काँग्रेस क्षेत्रीय समितिले पार्टीका कार्यक्रम भन्दा बाहिर रहेका विभिन्न बर्ग र क्षेत्रका  शुभेच्छुकहरु बिच "काँग्रेस सम्बाद" मार्फत संगठित गर्न यो अभियान शुरु गरिएको सभापति प्रजापाल गिरीले बताउनुभयो ।

     क्षेत्रीय कार्यसमितिको माघ ३ गते बसेको बैठकको निर्णय  अनुसार अभियान प्रारम्भ गरेको गिरीले बताउनुभयो ।

    "काँग्रेस सम्बाद" अभियान अन्तर्गत आज यस निर्वाचन क्षेत्र भित्रका विभिन्न निजी तथा संस्थागत विद्यालयमा अध्यापन गर्ने शिक्षकहरु बिच सम्बाद कार्यक्रम सम्पन्न गरेको छ । यस क्षेत्रका करिब डेड दर्जन विद्यालयमा अध्यापन गराउने शिक्षकहरुको सहभागीता रहेको थियो । सहभागीहरुले निजि विद्यालयमा आबद्ध शिक्षक र शिक्षाका सम्भावना, अवसर र चुनौतीका बारेमा आ-आफ्नो धारणा राखेका थिए ।

    बोल्ने बक्ताहरुले निजि तथा संस्थागत विद्यालयले दक्ष जनशक्ति उत्पादन मा महत्त्वपूर्ण योगदान पुर्‍याएको भएपनि शिक्षकका बर्गीय समस्या भने असरल्ल रहेको बताए । शिक्षकले पाउने पारिश्रमिक देखि सेवासुबिधा समयसापेक्ष हुनुपर्नेमा त्यसो नहुँदा सम्मानित पेशा भएर पनि शिक्षण पेशाप्रति आकर्षण हुन नसकेको सहभागीले बताए ।

    क्षेत्रीय सभापति प्रजापाल गिरीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सदस्य राम बहादुर कार्कि, सैनामैना नगर सभापति रण बहादुर खनाल, बुटवल नगर उपसभापति ज्योति भण्डारी, निष्ठा नेपालका लुम्बिनी प्रदेश अध्यक्ष बिष्णुप्रसाद भण्डारी, जिल्ला अध्यक्ष एकराज पौडेल समिर, पुर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा क्षेत्री, नेपाल शिक्षक संघ बुटवल नगर अध्यक्ष शिवप्रसाद अर्याल, पुर्व बिनि रामकृष्ण पछाई, शिक्षकहरु बिष्णुप्रसाद बस्याल, अमर खत्री, सुरेन्द्र ज्ञवाली, यज्ञ प्रसाद न्यौपाने, अमर पाठक, सरस्वती गैरे, जीवन परियार, लोक बहादुर पौडेल, प्रकाश गौतम क्षेत्रीय उपसभापति खड्क बहादुर महत, सचिव बिमलराज भट्टराई र कार्यक्रम संयोजक दीपक रायमाझी लगायतले बोल्नुभएको थियो ।

    काँग्रेस सम्बाद अभियान अन्तर्गत फाल्गुन १९ गते सरकारी निजामती सेवाबाट निबृत्त महानुभावहरु सङ्ग, चैत्र ३ गते प्राइभेट बित्तीय संस्थाका बैंकर सित र चैत्र १७ गते लेखक, श्रष्टा र साहित्यकार सित सम्बाद कार्यक्रम तय गरिएको क्षेत्रीय समितिले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology