Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

कञ्चन गाउँपालिकामा बालविकास सहजकर्ताहरुका लागि मण्टेश्वरी तालिम

कञ्चन गाउँपालिकामा बालविकास सहजकर्ताहरुका लागि मण्टेश्वरी तालिम

  • 3.3K
    SHARES

  • कञ्चन गाउँपालिकामा बालविकास सहजकर्ताहरुका लागि मण्टेश्वरी तालिम

    जगीलाल थापा/कञ्चन,माघ २८ ।

    रुपन्देहीको कञ्चन गाउँपालिकाले बालविकास सहजकर्ताहरुका लागि पाँचदिने मण्टेश्वर तालिम सञ्चालन गरेको छ ।

    तालिममा कञ्चन गाउँपालिकाका सामुदायिक विद्यालयका २७ जना बालविकास सहजकर्ताको सहभागिता छ । तालिमको एक समारोहका बीच उदघाटन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले पालिकाको मुख्य प्राथमिकता भनेको शिक्षा र स्वास्थ्य भएको उल्लेख गर्नु भएको छ।

    शिक्षाको उचित ढंगबाट बकिास हुन सकेन र स साना बालबालिकाहरुको क्षमता अनुसार शिक्षण गर्न सकिएन भने उनिहरुको उमेर बढ्दै गएपछि सोही अनुसारको ज्ञान आउछ भन्ने उद्धेश्यले शिक्षण गर्दा बालबालिकाहरुको मस्तिष्कमा ठूलो असर पर्ने अध्यक्ष ढकालले बताउनु भएको छ।

    मन्टेश्वरी समूहमा शिक्षण सिकाई क्रियाकलाप संचालन गर्ने सहजकर्ताहरुलाई समयानुकुल शिक्षण विधिमा अपडेट गराउने उद्धेश्यका साथ पालिकाले तालिमको आयोजना गरेको समेत जानकारी दिनु भएको थियो।

    अध्यक्ष ढकालले शिक्षाको गुणस्तर अभिबृद्धिका लागि अघिल्लो बर्ष पनि विभिन्न तालिम सञ्चालन गरेको स्मरण गर्दै यो बर्षपनि कञ्चनको शैक्षिकस्तरलाई बृद्धि गर्न बिषयगत रुपमा तालिम संचालन गर्ने प्रतिवद्धता जनाउनु भयो।  तालिम ५ दिनसम्म सञ्चालन हुने छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology