Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ओलीको असंवैधानिक कदम बिरुद्ध प्रचण्ड-माधव नेकपाद्वारा आन्दोलन घोषणा,१४ गते देशव्यापी प्रदर्शन

ओलीको असंवैधानिक कदम बिरुद्ध प्रचण्ड-माधव नेकपाद्वारा आन्दोलन घोषणा,१४ गते देशव्यापी प्रदर्शन

  • 2.5K
    SHARES

  • ओलीको असंवैधानिक कदम बिरुद्ध प्रचण्ड-माधव नेकपाद्वारा आन्दोलन घोषणा,१४ गते देशव्यापी प्रदर्शन

    बुटवल,पुस ९- 

    प्रचण्ड-माधव पक्षको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम बिरुद्ध आन्दोलनको घोषणा गरेको छ। बबरमहलस्थित कार्की बैन्क्वेटमा बसिरहेको सो समूहको केन्द्रीय समिति बैठकले ओली नेतृत्वको सरकारको बिरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

    जसअनुसार १० पुस अर्थात शुक्रबार बिहान १० बजे सबै केन्द्रीय सदस्य माइतीघरमण्डलामा उपस्थित हुने र प्रदर्शन गर्दै सर्वोच्च अदालत जानेछन। यस्तै त्यहाँबाट निस्किएपछि १२ बजे निर्वाचन आयोग जाने तयारी छ।

    यसैगरी ११ पुसका दिन सातै प्रदेशमा प्रदेश कमिटि बैठक गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला गर्ने र १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन गर्ने निणर्य गरिएको छ।

    यस्तै २० पुस भित्र सबै नगर, गाउँ पालिकामा पार्टीको बैठक र भेला गरिने तथा २५ गते भित्र वडास्तरमा पार्टीका बैठक र भेला गर्ने र्बैठकको निणर्य छ। बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २ हजार ५ सय १ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको हो।

    पहिलो चरणको आन्दोलनको कार्यक्रमपछि दोस्रो चरणमा अझै सशक्त र नेपाल बन्दसम्मका कार्यक्रम गर्ने प्रचण्ड-माधव समूहको तयारी छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology