Logo बिहिवार, आश्विन १ गते २०८३
images

बसौलालाई पदमुक्त गर्ने सरकारको निर्णयबिरुद्द सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश

बसौलालाई पदमुक्त गर्ने सरकारको निर्णयबिरुद्द सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश

  • 1.2K
    SHARES

  • बसौलालाई पदमुक्त गर्ने सरकारको निर्णयबिरुद्द सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश

    काठमाडाै,माघ २६ ।

    स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई पदमुक्त गर्ने सरकारको निर्णयबिरुद्द सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ । बोर्डका कार्यकारी निर्देशक डा. बसौलाले बिहीबार २५ माघमा दिएको रिटमा शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।

    सर्वोच्च न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका नाममा अल्पकालिन अन्तरिम आदेश दिएको हो । साथै अन्तरिम अदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाइएको छ ।यो सँगै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको बलमिच्चाइलाई पुनः अदालतले रोकिएको छ ।

    डा. बसौला पुनः बोर्डमा फकिने बाटो खुलेको छ । डा. बसौलाले ९ माघको क्याबिनेट बैठकले आफूलाई हटाउन गरेको निर्णय विरुद्ध बिहीबार सर्वोच्चमा रिट दिएका थिए ।स्वास्थ्यमन्त्री बस्नेतले सर्वोच्च अदालतको आदेश विपरीत स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. बसौलालाई हटाउनका लागि २४ पुसमा हटाउनका लागि मन्त्रिपरिषद्मा पुनः सिफारिस गरेका थिए ।सोही सिफारिस अनुसार डा. बसौलालाई ९ माघ मन्त्रिपरिषद्को बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो ।

    यसअघि मन्त्री बस्नेतले पदीय जिम्मेवारी पूरा नगरेको भन्दै ४ असोजको ११ बुँदे स्पष्टीकरण सोधेका थिए । कानुन विपरीत स्पष्टीकरण सोधेको भन्दै चर्को आलोचना भएपछि बस्नेतले मन्त्रिपरिषद्बाट २४ असोजमा स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए ।उक्त स्पष्टीकरण चित्त नबुझेको भन्दै मन्त्रिपरिषद्ले डा. बसौलालाई तीन महिनाको लागि निलम्बन गरेको थियो । तर मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय विरुद्ध बसौला १७ कात्तिकमा सर्वोच्च अदालतमा गएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology