Logo बिहिवार, आश्विन १ गते २०८३
images

न्यू होराइजन ३० औं संस्करणको हाजिरीजवाफ प्रतियोगिताको उपाधि इभरेष्टलाइ

न्यू होराइजन ३० औं संस्करणको हाजिरीजवाफ प्रतियोगिताको उपाधि इभरेष्टलाइ

  • 888
    SHARES

  • न्यू होराइजन ३० औं संस्करणको हाजिरीजवाफ प्रतियोगिताको उपाधि इभरेष्टलाइ

    बुटवल,माघ २६ ।

    न्यू होराइजन इङलिस् बोर्डिङ स्कूलको आयोजनामा भएको प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि इभरेष्ट माबि बुटवलले जितेको छ ।

    आज भएको फाइनलमा बिजेता बनेको एभरेष्टले ३३ हजार नगद सहित प्रमाणपत्र र मेडल पाएको छ । त्यस्तै पाल्पाको दमकडा माबि दोश्रो भइ २४ हजार पाएको छ ।

    त्यस्तै तेस्रो बनेको सैनामैनाको सुनगाभाले नगद १८ हजार पाएको छ । त्यस्तै तीनवटा टीम सान्त्वना भएका छन् ।जेभिटी पाल्पा ,मेचीकाली माबि दाङ र जनज्योति माबि दाङले नगद तीत तीन हजार पाएको छ ।

    पुस २९ गतेबाट प्रतियोगिता हुरु भएको हो ।प्रतियोगिताको ३० औं संस्करणको प्रथम चरण तीन वटा केन्द्र बुटवल, दाङको लमही र पाल्पामा भएको विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले बताउनुभयो ।

    २९ गते तीन वटा केन्द्रबाट छनौट भई ६ टिमको फाइलन प्रतियोगितामा आएको कार्यक्रम संयोजक कमलापति अर्यालले जानकारी दिनुभयो ।

    फाइनल प्रतियोगिताको उद्घाटन गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले हाजिरीजवाफ अरु अतिरिक्त क्रियाकलाप भन्दा फरक र ज्यादै महत्वपूर्ण विधा भएको उल्लेख गर्दै यसले विद्यार्थीलाई बौद्धिक क्षमतामा अब्बल बनाउने बताउनुभयो । 

    संस्थाका कोषाध्यक्ष रामेश्वर श्रेष्ठले गुणस्तरीय शिक्षासंगै विद्यार्थीको सर्वाङगीण विकास र सामाजिक उत्तरदायित्वका क्षेत्रमा संस्थाले ठूलो लगानी गरेको बताउनुभयो । ।

    विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले संस्थागत र सामुदायिक विद्यालयहरुबीचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यले २०५० सालमा शुरु भएको प्रतियोगिता जिल्ला हुदै प्रदेशस्तरीय बनाइएको बताउनुभयो । ।

    यसअघि तीनवटै केन्द्रमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना ३ वटा टिमलाई क्रमशः प्रथम पुरस्कार ९ हजार, द्वितीय पुरस्कार ६ हजार, तृतीय पुरस्कार ४५ सय र प्रोत्साहन पुरस्कार ३ समूहलाई प्रति समूह १५ सयका दरले प्रदान गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology