बुटवल,माघ २५ ।
लुम्बिनी प्रदेश पौडी संघको प्रथम बोर्ड बैठकले बिभिन्न निर्णय गरेको छ । अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले पौडी पोखरी उपयोगिता एवम ब्यवस्थापनका लागि नेपालगन्जमा रहेको एउटा मात्रै पुर्वाधार सहितको पौडी पोखरीको मर्म्मत सम्भार गर्ने निर्णय गरेको छ ।
बाग्मती प्रदेशको आयोजनामा फाल्गुण २४-३० सम्म चितवनमा हुने पौडी प्रतियोगितामा लुम्बिनी प्रदेशले सहभागीता पठाउने र यसका लागि नेपालगन्जमा रहेको स्वीमिङ पुलमा खेलाडिहरुलाइ बन्द प्रशिक्षण लगायत छनौट गर्नका लागि संघका उपाध्यक्ष श्री सन्जय थापालाइ अख्तियारी दिएको छ ।
संघको हरेक कार्यहरुलाइ आर्थिक रुपले ब्यवस्थापन गर्नका लागि एभरेष्ट बैंक जोगिकुटी साखामा खाता खाेल्ने तथा खेल गतिबिधि चलाउन लुम्बिनी प्रदेश खेलकुद परिषद सङ्ग बजेट माग गर्ने समेत निर्णय भएको अध्यक्ष थापाले बताउनुभयो ।
त्यस्तै पौडी स्वास्थ्य लागि खेलाडी रास्ट्रका लागि भन्ने मुल नाराका साथ २०८१ बैशाखमा नेपालगन्जमा रास्ट्रीय स्तरको पौडी प्रतियोगिता लुम्बिनी प्रदेश पौडी संघको आयोजनामा भब्य रुपमा सफल पार्ने निर्णय समेत भएको छ ।
रास्ट्रीय स्तरको पौडी प्रतियोगिता सम्पन्न गर्नका लागि लुम्बिनी प्रदेस सरकारले बिनियोजन गरेको बजेटबाट लुम्बिनी प्रदेश पौडी संघले बजेट माग गर्ने निर्णय भएको छ ।
त्यस्तैगरि लुम्बिनी प्रदेश पौडी संघको सल्लाहकार समितीमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाड, गेरुवा गाउपालिका(५ बर्दियाका दरवारे थारु, राकेश श्रीबास्तवलाई चयन गरेको सचिव चुडामणि डुम्रेले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)