Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिनाउ ईङ्लिस बोर्डिङ स्कुलमा अभिभावक ,शिक्षक तथा बिद्यार्थीकाबिचमा अन्तरक्रिया

तिनाउ ईङ्लिस बोर्डिङ स्कुलमा अभिभावक ,शिक्षक तथा बिद्यार्थीकाबिचमा अन्तरक्रिया

  • 966
    SHARES

  • तिनाउ ईङ्लिस बोर्डिङ स्कुलमा अभिभावक ,शिक्षक तथा बिद्यार्थीकाबिचमा अन्तरक्रिया

    बुटवल,माघ २३ ।

    तिनाउ ईङ्लिस बोर्डिङ स्कुल बुटवल ११ देविनगरमा अभिभावक ,शिक्षक तथा बिद्यार्थीका बिचमा अन्तरक्रिया सम्पन्न भएको छ । स्कुलले नियमित रूपमा कक्षागत रूपमा अभिभावकहरूका बिचमा अन्तरक्रिया गर्दै आईरहेको प्राचार्य सीता पाण्डेले बताउनुभयो । आज कक्षा ३ मा अध्ययनरत बिद्यार्थीका अभिभावकहरूका बिचमा अन्तरक्रिया भएको हो ।

    सो अवसरमा बिद्यालयका अध्यक्ष यज्ञमूर्ति पाण्डेले तिनाउ नेपालमै क बर्गमा सुचिकृत बिद्यालय रहेको र सबै प्रकारको गुणस्तरमा अब्बल रहेको दाबि गर्नुभयो । पाण्डेले तिनाउलाई थप उचाईमा पुर्याउनका लागि सबै अभिभावक ,शिक्षक र बिद्यार्थीको अहम भूमिका रहने उल्लेख गर्नुभयो ।ym.jpg

    सो अवसरमा बिद्यालयका एकेडेमीक चिफ हरि बस्याल ,नेपाली बिषय प्रमुख सुन्दर बेल्बासे,सल्लाहकार  बाबुराम सुवेदी, सहसंयोजक तथा ईसिए ईन्चार्ज अग्निधर पोखरेल लगायतले बोल्नुभएको थियो । १ हजार ४ सय बिद्यार्थी रहेको तिनाउ स्कुलमा कक्षा ३ मा भने १५० बढि बिद्यार्थी अध्ययनरत रहेका छन् ।tinau.jpg

    सो अवसरमा बिद्यार्थीले सांस्कृतिक कार्यक्रम तथा कला प्रस्तुत गरेका थिए ।सो अवसरमा अभिभावकहरू राजु सेजाल,सन्जु पाण्डे ,चन्द्रा गोदार,बिष्णु काफ्ले,मन्जु गैरे,बिमला पौडेल,कृष्ण थापा लगायतले बोलेका थिए ।

    सो अवसरमा बोल्ने अभिभावकहरूले बिद्यालयले बिद्यार्थीको रुचि र आवश्यकता अनुसारका खेल खेलाउनुपर्ने,समय समयमा शिक्षक परिवर्तन गर्न नहुने,सकेसम्म न्युनतम मासिक र परीक्षा फि बनाउनुपर्ने ,सुचना प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने लगायतका सुझाव दिएका थिए । बिद्यालयले फागुण २ गते सरस्वती पूजाका दिनमा निशुल्क भर्ना अभियान समेत रहेको जानकारी दिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology