बुटवल,माघ २३ ।
बुटवलको पुरानो बसपार्क नेपालगञ्ज रोडमा रहेको सुमेरु दर्शन तन्दुरी भोजनालय एण्ड लज थप नयाँ ब्यवस्थापनका साथ संचालनमा आएको छ ।
दुई उद्यमी कृष्णप्रसाद गैरे र रुपलाल पन्थीको संयुक्त लगानीमा सुमेरु दर्शनलाई नयाँ ब्यवस्थापनसहित संचालनमा आएको हो ।गैरे एक दशकदेखि होटर व्यवसायमा आवद्ध रहँदै आउनुभएको छ भने पन्थी सरकारी जागिर छाडेर होटल व्यवसायमा आवद्ध हुन लाग्नुभएको हो । बुटवलको पर्यटन विकासमा टेवा पुराउने उद्धेश्यले लज संचालनमा गर्ने सोच आएको संचालक रुपलाल पन्थीले बताउनुभयो ।
बुटवलमा नयाँ ढंगबाट पर्यटन प्रवद्र्घन गर्ने गरी फेमिली, अफिसियल कोठाहरु नामाकरण गरिएको छ । लजमा ५० क्षमताको मिटिङ हलसहित तल्लो तलामा किचनसहितको ओपन रेष्टुरेन्ट छ । साथै लजको लगानी ५० लाख रहेको उहाले बताउनुभयों ।लजमा शैक्षिक भ्रमणमा आउनेहरुलाई लक्षित गरी कमन कोठाको ब्यवस्था रहेको छ । भवनको रुफटफबाट पहाडको हरियाली सहित, बुटवल शहरको आकर्षक र मनोरम दृश्य देख्न सकिने छ । लजमा साउथ इन्डियन डोसा, विरयानी र तन्दुरी लगायतका परिकार उपलब्ध हुने अर्का संचालक गैरेले बताउनुभयो ।
उहाका अनुसार ५०० रुपिँयामा खान र एक रात बस्न सकिने बताउनुभयो । ग्राहकको सहजताका लागि आफुहरुले सबै परिकारको मूल्य सूचि बाहिर नै राखेको बताउनुभयो । लजमा अट्याज रुम, फेमिलि रुम र अफिस रुम रहेका छन् भने त्यहाँ १३ जनाले रोजगारी समेत पाएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)