Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रालि २६ वर्षमा प्रवेश

सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रालि २६ वर्षमा प्रवेश

  • 1.1K
    SHARES

  • सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रालि २६ वर्षमा प्रवेश

    बुटवल,माघ २३ ।

    सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिले २६ वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सव समारोहको अवसरमा देशभर शाखाहरुमा रक्तदान, सरसफाइ विविध कार्यक्रम गरि मनाएको हो ।

    वार्षिकोत्सवलाई बुटवल शाखामा एक कार्यक्रमका बिच पाल्पा भैरव ग्रुपका संचालक, समाजसेवी गोपाल पोखरेल, प्रेस चौतारी नेपाल, रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, प्रेस युनियन रुपन्देहीका सभापति कबिन्द्र नेपालले संयुक्त रुपमा केक काटेर शुभकामना आदानप्रदान गरि मनाएको हो ।कार्यक्रममा पाल्पा भैरव ग्रुपका संचालक, समाजसेवी गोपाल पोखरेलले ससाना लगानीबाट आर्थिक समृद्धि हुन्छ भन्ने उदाहरण सिद्धार्थ ग्रुपले दिन सफल भएको बताउनुभयो ।

    विदेशमा सिकेको सीपलाई स्वदेशमा फर्किएर सेवा उद्योगबाट राम्रो नाम र दाम कमाउन सफल भएको र अन्तराष्ट्रिय पहिचानमा जान सफल भएको उहाले बताउनुभयो ।कार्यक्रममा शाखाका म्यानेजर केशवराज बश्यालले स्थापना दिवसको अवसर पारेर एक महिनासम्म २० प्रतिशत खानामा छुटका साथै सहुलियत दरमा आवासको ब्यवस्था गरिएको बताउनुभयो ।

     ग्रुपको सिद्धार्थ भिलासा भैरहवा र बनबास भिलासा चितवनमा गरि दुई वटा सुविधासम्पन्न पाचतारे होटल, नेपालगंज र काठमाडौंमा बौद्ध बुटिक गरि दुई वटा ४ तारेमा सहित देशभर ३२ वटा शाखाहरुबाट सेवा दिईरहेको छ ।पर्यटनसंग जोडिएको ग्रुपको आफनै पाथिल होलिडे ट्राभल एजेन्सी, होटल ब्यवस्थापन अध्ययापन गराउने सिद्धार्थ ईन्टिच्युट, आईटि टेक्नोलोजीको सार्भा टेक्नोलोजी र हस्पिटालिटि क्षेत्रमा चाहिने कृषि मागलाई पुरा गर्ने गरि धेरै विधाहरुमा जोडिएको उहाले बताउनुभयो । सात वटै प्रदेशमा पाचतारे खोल्ने लक्ष्य रहेको उहाले बताउनुभयो ।

    हाल ग्रुपबाट १ हजार पाच सय कर्मचारीलाई रोजगार दिन सफल भएको छ । मल्टिपर्पोज कम्पनीका रुपमा संचालनमा ग्रुप निकट भविष्यमा भारतमा समेत सेवा दिने गरि जोड्ने अभियान थालेको उहाले बताउनुभयो ।कार्यक्रममा एजुकेटिभ सेफ केशव अर्यालले मिठो खानाका परिकारका कारण छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology