Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

बुटवल वडा न १४ मा लालपूर्जाविहिन क्षेत्रको नापजाँच शुरु

बुटवल वडा न १४ मा लालपूर्जाविहिन क्षेत्रको नापजाँच शुरु

  • 1.8K
    SHARES

  • बुटवल वडा न १४ मा लालपूर्जाविहिन क्षेत्रको नापजाँच शुरु

    बुटवल,माघ २३ ।

    बुटवल वडा न १४ मा लालपूर्जाविहिन क्षेत्रको नापजाँच शुरु भएको छ । मंगलबार बुटवल १४ कैलाशनगरबाट नापजाँचको काम शुरु भएको हो । नापजाँचको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलभित्र लालपूर्जाविहिन क्षेत्रको नापजाँच गरी लालपूर्जा वितरण गर्नका लागि सबै प्रकारको सहयोग गर्ने बताए।

    उनले नापजाँचमा बुटवलले कर्मचारी खटाएको बताउँदै नापजाँच गर्ने कर्मचारी र उपकरणको अभाव हुन नदिने बताए ।उनले अव्यवस्थित बसोबासीको पूर्जावापत लिइने राजश्व रकम धेरै भएकाले प्रधानमन्त्रीलाई जानकारी गराउँदै राजश्व रकम घट्नेमा विश्वास व्यक्त गरे। उनले नापजाँच भएर प्रक्रिया पूरा भएका जग्गाको पूर्जा वितरण गर्नका लागि भूमि आयोगलाई आग्रह गरे।

    कार्यक्रममा बोल्दै भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले भूमि आयोगले नापजाँच भएका जग्गाको पूर्जा वितरणलाई तीब्र बनाउने विश्वास दिलाए । उनले रुपन्देहीमा करिब ३० हजार लालपूजा बितरणका लागि तैयारी अवस्थामा रहेको र केही कानुन अड्चन साथै राजश्वका कारण समेत बितरणमा ढिलाइ भएको बताए ।jAJJA NAP JACH.jpg

    वडा नं १४ का अध्यक्ष दधिराम न्यौपानेले नापजाँच भएको जग्गाको पूर्जा वितरणलाई प्राथमिकतामा राख्न भूमि आयोगलाई आग्रह गरे । सो अबसरमा आयोगका बिज्ञ सदस्य बद्रे आलम,सदस्य भरत तिवारी लगायतले बोलेका थिए ।बुटवलमा यसअघि बुटवल २ र ११ लगायत वडामा नापजाँच भैसकेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology