Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मुक्तिनाथधाममा श्रीमद्भागवत प्रवचन विश्व कल्याण महायज्ञ शुरु (फोटो फिचर)

मुक्तिनाथधाममा श्रीमद्भागवत प्रवचन विश्व कल्याण महायज्ञ शुरु (फोटो फिचर)

  • 7.2K
    SHARES

  • मुक्तिनाथधाममा श्रीमद्भागवत प्रवचन विश्व कल्याण महायज्ञ शुरु (फोटो फिचर)

    बुटवल,माघ २२ ।

    बुटवल १२ स्थित मुक्तिनाथधाममा श्रीमद्भागवत प्रवचन विश्व कल्याण महायज्ञ शुरु भएको छ । मत्स्य पुराण पारायण हनुमान चालिसा हवनात्मक अनुष्ठान श्रृङ्गारिक महाआरती विश्व कल्याण महायज्ञ शुरु भएको हो ।kamalnayan gautam.jpg

    महायज्ञको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले धामको बिकासमा स्थानीय सरकार सधै साथमै रहेको उल्लेख गर्नुभयो । पाण्डेयले रुपन्देहीमा धार्मिक पर्यटनको बिकास हुँदै गएको भन्दै धामलाइ धार्मिक पर्यटनको केन्द्रबिन्दु बनाउनुपर्ने बताउनुभयो । kanya.jpg

    धामका प्रमुख संरक्षक स्वामि लोकानन्दले सबैको योगदान र सहयोगका कारण आजको अवस्थासम्म आइपुगेको बताउनुभयो । महायज्ञ आर्थिक नभई हिन्दु धर्म संस्कृतिको जगेर्ना, देशमा शान्तिको कामना र सम्पूर्ण भक्तजनहरुलाई धार्मिक रुपमा अनुशासित गराउने उद्धेश्यले आयोजना गरिएको स्वामि लोकानन्दको भनाइ छ । 
     महायज्ञमा प्रवचन धामका प्रमुख संरक्षक स्वामी लोकानन्द र कथावाचन भने भागवत भास्कर पण्डित कमलनयन गौतमले गर्नुहुनेछ ।muktinathdham.jpg

     बि।स  २०६२ सालदेखि निरन्तर रुपमा माघ २२ गतेदेखि नै महायज्ञ गर्दै आइरहेको धामका अध्यक्ष धर्मप्रसाद शर्माले बताउनुभयो । यस्तै प्रवचनको पूर्वसन्ध्यामा सोमबार विहान कलश यात्रा निकालिएको थियो । बुटवल जीतगढी दुर्गामन्दिरदेखि मुक्तिनाथ धामसम्म कलश यात्रा निकालिएको संयोजक गंगागत्त पौडेलले बताउनुभयो । mahayagya.jpg

    कलश यात्रामा बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष तथा धामका पूर्व अध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्य,नारी जागृती समूहका अध्यक्ष शाेभा पाेखरेल सहितका समूहका सबै नारीहरु, बुटवल उपमहानगरपालिका १२ र १३ भित्रका सबै टोलविकास संस्था र विभिन्न संघ संस्थाबाट सयौँको सहभागिता रहेको थियो ।
    भोलिबाट कथावाचन शुरु हुने महायज्ञ २९ गतेसम्म चल्ने तुतसीराम भण्डारीले जानकारी दिनुभयो ।mahila.jpgmuk.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology