बुटवल, माघ २१ ।
बुटवल उपमहानगरपालिका स्वास्थ्य कार्ड अनिवार्य गर्ने तयारीमा रहेको मेयर खेलराज पाण्डेयले बताएका छन् । स्वास्थ्य मानिसको सबै भन्दा ठूलो सम्पत्ति भएकाले बुटवलवासीको स्वास्थ्यलाई स्वस्थ राख्नलागि स्वास्थ्य कार्ड अनिवार्य गर्ने पक्षमा उपमहानगर रहेको बताएका हुन् ।
शनिवार बुटवल १२ को भैरव साझा टोल विकास संस्थाले आयोजना गरेको वृहत स्वास्थ्य सचेत्तना कार्यक्रम बोल्दै प्रमुख पाण्डेलेले स्वास्थ्य कार्ड अनिवार्य गर्नेको लागि छलफल चलाएको र विज्ञहरुसंग सल्लाह लिएपछी आवश्यक निर्णय लिने बताए ।
मानिसको जिवनमा सबै भन्दा ठूलो सम्पत्ति स्वास्थ भएकाले आफ्नो स्वास्थको विशेष ख्याल गर्न आग्रह गरे । यस्तै भैरव साझ टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरेले पछिल्लो समय मानिसको विलासी जीवनशैलीको कारण धेरै प्रकारका स्वास्थ समस्या देखिन लागेको बताए । यस प्रकारका स्वास्थ्य समस्या आउन नदिनको लागि सचेत गराउन कार्यक्रमको आयोजना गरिएको अध्यक्ष घिमिरेले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा अध्यक्ष डिल्लीप्रसाद शर्मा, नयाँ गाउँ खानेपानी संस्थाका सचीव ओमप्रसाद भट्टराई, एक्स आर्मी स्कुलका प्राचार्य शकर भट्टराईले लगाएतले आफ्नो स्वास्थ्यमा आफै ध्यान दिन आग्रह गरे ।
स्वास्थ्य सचेतना कार्यक्रममा क्यान्सर रोग, नसर्ने रोग सम्बन्धमा, स्वास्थ्य जीवन शैली, साध स्वच्छता, मानसिक स्वास्थ्य र बालबालिकामा लाग्ने विभिन्न बालरोगका कारण र त्यसबाट जोगिने उपायको बारेमा विशेषज्ञहरुले जानकारी गराएको थियो । सो कार्यक्रम कर्मचार्य ब्याक्स एण्ड फुड्स, नेपाल क्यान्सर रोग समुह संस्था, पञ्चकन्या ग्रुप, मेटल कास्ट प्रा। लि।, बुटवल एक्स आर्मी स्कुल र न्यु स्टान्डर स्कुलको सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रममाको सन्चालन टोल विकास संस्थाका सचिव मिलन थापाको सन्चालन र उपाध्यक्ष सुन्दर पन्थीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)