Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

सम्बन्ध बहुउद्देश्यीय सहकारीद्वारा सरसफाई

सम्बन्ध बहुउद्देश्यीय सहकारीद्वारा सरसफाई

  • 1.1K
    SHARES

  • सम्बन्ध बहुउद्देश्यीय सहकारीद्वारा सरसफाई

    बुटवल, माघ २१ ।

    बुटवल–११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो पाँचौ स्थापना दिवसको अवसरमा  सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

    समाजमा सरसफाईबारे चेतना जगाउँदै रचनात्मक रूपमा स्थापना दिवस मनाउने उद्देश्य सहित सिमामार्ग सुन्दरचोकदेखि देवीनगर चौपारीसम्म सरसफाई गरिएको हो । सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले समग्र सरसफाईमा उत्तम तरिकाहरुबारे नागरिकमा चेतनाको विकास आवश्यक रहेको बताए । अध्यक्ष क्षेत्रीले स्वास्थ्य र सरसफाईबारे न्यूनतम ज्ञान विकास गर्दै सरसफाईबारे रणनीति नैं बदल्नुपर्ने बताए ।

    कार्यक्रममा सहकारीका अध्यक्ष लोकराज शर्माले वातावरण र सरसफाई सम्बन्धी चेतना वृद्धि गर्ने गरी विगतका वर्षहरुमा जस्तै रचनात्मक रूपमा स्थापना दिवस मनाइएको बताए ।अध्यक्ष शर्माले स्थापनाको छोटो समयमा सहकारी जनताको रोजाइमा पर्न सफल समेत भएको दावी गरे । सम्बन्ध सहकारी बुटवल उपमहानगरपालिकामा दर्ता भएको पहिलो बहुउद्देश्यीय सहकारी हो ।

    सहकारीमा ७०० भन्दा बढी शेयर सदस्यहरु भइसकेका छन् । सहकारी अध्यक्ष लोकराज शर्माको धन्यवाद ज्ञापन तथा सचिव कमल नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।sambandha-sahakari.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology