Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

दृष्टिविहिन भएका व्याक्तिहरुको लागि ब्रेल स्क्रिनिङ्ग ईनपुट तालिम

दृष्टिविहिन भएका व्याक्तिहरुको लागि ब्रेल स्क्रिनिङ्ग ईनपुट तालिम

  • 864
    SHARES

  • दृष्टिविहिन भएका व्याक्तिहरुको लागि ब्रेल स्क्रिनिङ्ग ईनपुट तालिम

    बुटवल, माघ २१ ।

    दृष्टिविहिन भएका व्याक्तिहरुका लागि ३ दिने ब्रेल स्क्रिनिङ्ग ईनपुट क्षमता विकास तालिम प्रदान गरिएको छ । नेपाल दृष्टिविहिन उत्थान संघ सैनामैना नरपालिका  वडा नम्बर १० सालझण्डीको आयोजना, सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको आर्थिक सहयोगमा भएको तालिमको आईतबार एक कार्यक्रमका विच समापन गरिएको छ ।

    सैनामैना बनकट्टामा आयोजना गरिएको तालिम समापन कार्यक्रममा संस्थाका अध्यक्ष मुक्तीनाथ पाण्डेको  अध्यक्षता तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

    तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले अपाङ्गता भएका व्यवाक्ति त्यसमा पनि दृष्टिविहिनता भएका व्याक्तिहरुले नयाँ विकास भएको प्रविधिको विषयमा जान्न जरुरी रहेको भन्दै सोही अनुसार क्षमता विकास आवश्यक रहेको बताएका थिए । उनले यसको लागि महासंघले लामोसमय देखि अपाङ्गता भएका व्याक्तिहरुको क्षमता विकास, नेतृत्व विकास, सिप विकास को क्षेत्रमा  पैरवी गर्दै ३ वटा तहका सरकारको संमन्वयमा विभिन्न संघ संस्था मार्फत कार्यक्रम सञ्चालनको लागि सहजीकरण गर्दै आएको बताएका थिए ।

    कार्यक्रममा संस्थाका उपाध्यक्ष शुनिल क्षेत्रीको स्वागत, सचिव रजिता रेग्मीको सञ्चालनमा भएको थियो भने प्रशिक्षक अनमोल गैरे लगालगायतले दृष्टिविनको लागि ब्रेल स्क्रिनिङ्ग ईनपुट तालिम को महत्वको विषयमा प्रकाश पारेका थिए । तालिममा दृष्टिविहनता भएका व्याक्ति, न्युन दृष्टिविहनता भएका व्याक्ति लगायतको सहभागीतामा रहेको थियो । संस्थाले ब्रेल स्क्रिनिङ्गको लागि ईन्टपुटको लागि आवश्यक पर्ने सफ्टवेयरसमेत निःशुल्क रुपमा प्रशिक्षार्थीहरुलाई उपलब्ध गराएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology