Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुस-युक्रेन युद्धको विरोधमा शान्ति समाज रुपन्देहीले गर्‍यो बुटवलमा प्रदर्शन

रुस-युक्रेन युद्धको विरोधमा शान्ति समाज रुपन्देहीले गर्‍यो बुटवलमा प्रदर्शन

  • 1.2K
    SHARES

  • रुस-युक्रेन युद्धको विरोधमा शान्ति समाज रुपन्देहीले गर्‍यो बुटवलमा प्रदर्शन

    बुटवल,माघ २१ ।

    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्रदर्शन गरेको छ । बुटवलमा आइतवार भएको प्रदर्शनमा शान्तिवादीहरूले युद्धको विरोधमा विभिन्न प्लेकार्ड प्रदर्शन गरे ।

    प्रदर्शनपछि भएको कार्यक्रममा बोल्दै समाजका निवर्तमान केन्द्रीय सभापति गोविन्द खनालले कुनै पनि देशमा युद्ध हुनु मानव सभ्यताका लागि गम्भीर चुनौती रहेको बताए । समाजका रुपन्देही अध्यक्ष कृष्णप्रसाद भट्टराईले युद्ध नभइ शान्तिको बाटो अवलम्बन गर्नुपर्ने बताए ।samajjj.jpg

    समाजले इजरायललाई तत्काल युद्धविराम गरी मानवताविरुद्धको अपराध बन्द गर्न र हमासलाई आतंक बन्द गरी विपिन जोशीलगायत बन्धक बनाइएका सबैलाई रिहा गर्न माग गरेको छ ।

    प्रदर्शनमा युक्रेनमाथि रुसको आक्रमण मानवता विरुद्धको अपराध हो, रुसः तत्काल युद्ध रोक, रुसः मानवता विरुद्धको अपराध बन्द गर, युक्रेनी जनताको जीवन रक्षा गर, युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षा गर, रुसः तत्काल सैनिक फिर्ता गरी युद्ध रोक, इजरायलः तत्काल युद्धविराम गर, हमासः आतंक बन्द गर लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

    सो अवसरमा पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष बिश्वास ढकाल ,शान्ति समाजका उपसभापति कपिल ज्ञवाली,उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जीसी,समाजका सचिव कृष्ण पाण्डे लगायतले बोल्दै इजरायललाई तत्काल युद्धविराम गरी मानवताविरुद्धको अपराध बन्द गर्न र हमासलाई आतंक बन्द गरी विपिन जोशी लगायत बन्धक बनाइएका सबैलाई रिहा गर्न माग गरेका थिए । अस्पताललाइनमा भएको प्रदर्शनमा ५ दर्जनभन्दा बढीको सहभागिता रहेको थियो ।santi samaj rupandehi.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology