Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

न्यु ईन्भाइरन्मेन्टको ३० औं वार्षिक उत्सव तथा अभिभावक दिवस

न्यु ईन्भाइरन्मेन्टको ३० औं वार्षिक उत्सव तथा अभिभावक दिवस

  • 990
    SHARES

  • न्यु ईन्भाइरन्मेन्टको  ३० औं वार्षिक उत्सव तथा अभिभावक दिवस

    बुटवल,माघ १९ ।

    तिलोत्तमा – ५ मणिग्राममा रहेको न्यु ईन्भाइरन्मेन्ट अङ्ग्रेजी माध्यमिक विद्यालयले ३० औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । उद्घाटन समारोहमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।साँस्कृतिक कार्यक्रममा शुक्रबार कक्षा नर्सरी देखि  १२ सम्मका विद्यार्थी बालबालिकाले सहभागिता जनाएका थिए ।

    विद्यालयले सांस्कृतिक कार्यक्रम सँगसँगै बृहत रक्तदान, पुस्तक प्रदर्शनी, खाना महोत्सव चित्रकला प्रदर्शनी जस्ता विविध कार्यक्रमहरू सञ्चालन गरेको विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालीले जानकारी दिनुभयो ।

    उहाले अभिभावकलाई पनि आफ्ना बालबालिकालाई सानैदेखि व्यवहारीक सीप र संस्कार सिकाउनुपर्ने सुझाव समेत दिनुभयो ।सो साँस्कृतिक कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष नेत्रलाल वनले शिक्षालाई शीप, संस्कार प्रविधिसँग जोड्नुपने बताउदै यसप्रकारको शिक्षा आफुहरुले दिएको बताउनुभयो ।

    विद्यालयले आयोजना गर्ने यस्ता विविध क्रियाकलापले स–साना विद्यार्थी बालबालिकाहरूले पनि आफ्नो देशको मौलिक सँस्कृति तथा व्यवहारीक सीपलाई नजिकै सँग पहिचान गर्न सक्ने उहाँको भनाइ छ । कार्यक्रममा बालबालिकाहरूले विभिन्न जातिका सँस्कृति झल्कने पोशाक लगाएर नृत्य, गायन, कविता लगायतका विभिन्न विधाहरूमा प्रस्तुति देखाएका माध्यमिक तह प्रमुख  तुलसीराम न्यौपानेले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology