Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

तिलोत्तमामा माघ २६ देखि राष्ट्रिय भलिबल प्रतियोगिता हुँदै,तयारी पूरा

तिलोत्तमामा माघ २६ देखि राष्ट्रिय भलिबल प्रतियोगिता हुँदै,तयारी पूरा

  • 786
    SHARES

  • तिलोत्तमामा माघ २६ देखि राष्ट्रिय भलिबल प्रतियोगिता हुँदै,तयारी पूरा

    बुटवल,माघ १९ ।

    माघ २६ गते देखि फागुन २ गते सम्म रुपन्देहीको तिलोत्तमामा हुन लागेको राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा छ ।तिलोत्तमा २ योगिकुटी स्थित मणिमुकुन्द भलिबल क्लवको खेल मैदानमा हुन लागेको नवौं मणिमुकुन्द राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको क्लवका अध्यक्ष लोकेन्द्र भण्डारीले पत्रकार सम्मेलन गरी जानकारी दिए ।

    मञ्च निर्माण, टिकट काउन्टर, गेट निर्माण, शौचालय व्यवस्थापन, पार्किङ स्थलको व्यवस्थापनको काम अन्तिम चरणमा भएको उनले बताए । करिव ५० लाख भन्दा बढि लागत अनुमान गरिएको प्रतियोगितामा ३ विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता रहने अध्यक्ष भण्डारीले बताए ।

    प्रतियोगिता राष्ट्रिय भलिबल संघको नियमानुसार सञ्चालन गरिने भएकाले सोही अनुशासर व्यवस्थापनमा लागिएको क्लबका वरिष्ठ उपाध्यक्ष किशन चन्दले जानकारी दिए । विगतभन्दा फरक र उत्कृष्ट खेलाडीहरु बीच प्रतिस्पर्धा हुने भएकाले यस पटक दर्शकको चाप पनि बढ्न सक्ने भएकाले सोही अनुसार व्यवस्थापनमा लागिएको उनले बताए ।लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिताको उपाधिका लागि अन्तिम प्रतिस्पर्धा फागुन २ गते हुने छ ।

    फागुन २ गतेसम्म ६ दिन सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख १ रुपैयां, द्वितीयले १ लाख ५० हजार एक रुपैयां तथा तृतीय हुने समूहले १ लाख १ रुपैयाँ प्राप्त गर्ने छ । यसैगरी अन्तिम चारमा पुग्ने समूहले समेत ५० हजार १ रुपैयां नगद राशी प्राप्त गर्ने प्रतियोगिताका संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए ।

    प्रत्येक खेलमा म्यान अफ द म्याचलाई नगद राशीले सम्मान गरिने तथा विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ ।विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगद राशीले सम्मान गरिने छ भने उत्कृष्ट सेटर, ब्लकर, सर्भर, डिफेन्स, स्पाईकर, प्रशिक्षक र अनुशासित खेलाडीलाई जनही ५ हजार नगद राशीले सम्मान गरिने संयोजक गुरुङले जानकारी दिए ।

    खेल अवधिभर कुल २४ खेल हुनेछन् । खेल अवलोकनका लागि मैदानमा ३ हजार क्षमताको प्याराफिट निर्माण गरिएको छ ।प्रतियोगितामा सहभागी सम्पूर्ण टिमका लागि आवास, यातायात तथा दैनिक भत्ताको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । खेलाडीहरुका लागि खेल अवधिभर १ लाख रुपैयाँसम्मको दुर्घटना स्वास्थ्य बीमाको समेत गरिएको छ ।पत्रकार सम्मेलनमा बोल्दै प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्राईले क्लवले आयोजना गरेको राष्ट्रिय प्रतियोगिता प्रदेशकै लागि गौरव भएको भन्दै परिषद्बाट सक्दो सहयोग हुने प्रतिबद्धता जनाए ।

    तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले नगरपालिका भित्र हुन लागेको प्रतियोगिताको नयां सन्देश देशभर फैलने भन्दै खेल सञ्चालनका लागि पालिकाले सहयोग गर्ने बताईन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology