Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

कामाख्यादेवी मन्दिरमा भाेलि आध्यात्मिक तथा धार्मिक प्रवचन हुने

कामाख्यादेवी मन्दिरमा भाेलि आध्यात्मिक तथा धार्मिक प्रवचन हुने

  • 855
    SHARES

  • कामाख्यादेवी मन्दिरमा भाेलि आध्यात्मिक तथा धार्मिक प्रवचन हुने

    बुटवल, माघ १९ ।

    लुम्बिनी केबलकारको टप स्टेशन बसन्तपुरस्थित कामाख्यादेवी मन्दिरमा शनिबार आध्यात्मिक तथा धार्मिक प्रवचन हुने भएको छ ।

    बुटवल नयांगाउंस्थित मुक्तिनाथ धामका ब्रम्हनिष्ठ सन्त श्री १००८ स्वामी लोकानन्दले कामाख्यादेवी मन्दिर परिसरमा बिहान ९ बजदेखि प्रवचन शुरु गर्ने लुम्बिनी केबलकारले जनाएको छ ।

    कामाख्या मन्दिर परिसरमा आफ्नो पहिलो प्रवचन कार्यक्रम भएकाले भक्तजनहरुलाई सहभागी हुन लोकानन्द स्वामीले आग्रह गरेका छन् ।

    कामाख्या देवी मन्दिरमा धार्मिक र आध्यात्मिक गतिविधि बढाउन कम्पनीले प्रवचन कार्यक्रम आयोजना गरेको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology