Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

बाजुरामा चट्याङ् लागेर एक जनाको मृत्यु

बाजुरामा चट्याङ् लागेर एक जनाको मृत्यु

  • 1.2K
    SHARES

  • बाजुरामा चट्याङ् लागेर एक जनाको मृत्यु

    बाजुरा, माघ १८ ।

    बाजुरामा चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–२ गाँज्राका ८४ वर्षीय दलबहादुर बुढा छन् ।

    घरमा सुतिरहेको बेला बुधबार राति चट्याङ् परेर बुढाको मृत्यु भएको हो । साथै चट्याङ् लागेर दुई बाख्रा समेत मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    हिजो राति चट्याङ् परेर बुढा र दुई बाख्रा मरेको भन्ने खबर प्राप्त भएसँगै थप जानकारी लिने गरी आफू घटनास्थलमा जान थालेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख दानसिंह भण्डारीले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology