Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

संयुक्त पूर्व शैनिक कल्याणकारी संघ रूपन्देहीद्वारा जितगढी किल्लामा शहिद दिवस

संयुक्त पूर्व शैनिक कल्याणकारी संघ रूपन्देहीद्वारा जितगढी किल्लामा शहिद दिवस

  • 1.8K
    SHARES

  • संयुक्त पूर्व शैनिक कल्याणकारी संघ रूपन्देहीद्वारा जितगढी किल्लामा शहिद दिवस

    बुटवल,माघ १६ ।

    मुलुक र जनताको हित र अधिकारका लागि जीवन त्याग गरेका सहिदप्रति सम्मान गर्दै आज आज सहिद दिवसमनाइएको छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा आज देशभर विविध कार्यक्रम भएका हुन् ।

    वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा आज विशेष रुपमा स्मरण साथै यस्तै प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानको स्मरण पनि गरिएको हो ।

    बुटवल जितगढी किल्लामा संयुक्त पुर्व शैनिक कल्याणकारी संघ रूपन्देहीले शदिद दिवस समारोह सम्पन्न गरेको छ । सहिदको मूर्ति तथा तस्वीरमा माल्र्यापण गर्दै पुष्पगुच्छा अर्पण गरिएको हो ।संघका अध्यक्ष क्या किशनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सहिदको सच्चा सम्मान गर्न र जितगढीको संरक्षणमा नगरपालिका सधै प्रतिबद्ध रहेको बताउनुभयो ।

    सो अबसरमा संघका महासचिव कुलबहादुर केसीले नेपालमा सच्चा सहिदको अपमान भएको भन्दै चिन्ता ब्यक्त गर्नुभयो ।अध्यक्ष क्या किशनबहादुर थापाले बिरताको प्रतिक जीतगढी र सहिदको एकआपसमा सम्बन्ध रहेको चर्चा गर्दै सहिदलाइ सहि ढंगल सम्मान गर्न आग्रह गर्नुभयो ।sahid diwas.jpg

    सो अबसरमा  निमित्त पृतनापति नारायण बहादुर थापा, पुरनबहादुर शाही, बिरगाथा सहकारीका अध्यक्ष क्या राजबहादुर थापा लगायतले बोल्नुभएको थियो ।कार्यक्रममा स्वागत  बरिस्ठ उपाध्यक्ष  खुमबहादुर थापा र संचालक सचिव शंकर भण्डारीले गर्नुभएको थियो ।jeetgadhi.jpg

    निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीदको स्मरणमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह पनि मनाउने गरिएको छ ।

    स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।२०१२ सालदेखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो।sahid diwas magh 16.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology