Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

 शनिबारदेखिको हुस्सु हटेपछि नेपालगञ्ज विमानस्थलबाट उडान सुरु

 शनिबारदेखिको हुस्सु हटेपछि नेपालगञ्ज विमानस्थलबाट उडान सुरु

  • 3.8K
    SHARES

  •  शनिबारदेखिको हुस्सु हटेपछि नेपालगञ्ज विमानस्थलबाट उडान सुरु

    नेपालगञ्ज,माघ १४ ।

    हुस्सु हटेपछि नेपालगञ्ज विमानस्थलबाट उडान सुरु भएको छ । शनिबारदेखि बाक्लो हुस्सु लागेपछि नेपालगञ्जबाट काठमाडौं, पोखरा  तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान शनिबारदेखि अवरुद्ध भएको थियो ।

    बाक्लो हुस्सु हटेपछि आइतबार २ बजेदेखि उडान सुरु भएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।

    नेपालगञ्जबाट काठमाडौंका लागि बुद्ध एयरका ३, श्री एयरका २ र यती एयरको १ वटा उडान हुँदै आएको छ । नेपाल एयर लाइन्स, समिट, तारा एयरले मुगु, जुम्ला, हुम्ला, डोल्पा र बाजुराका लागि नेपालगञ्जबाट  उडान भर्दै आएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology