Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

बुटवल उपमहानगरपालिकाको प्रतीक चिह्न (लाेगाे) प्रचलनमा

बुटवल उपमहानगरपालिकाको प्रतीक चिह्न (लाेगाे) प्रचलनमा

  • 1.8K
    SHARES

  • बुटवल उपमहानगरपालिकाको प्रतीक चिह्न (लाेगाे) प्रचलनमा

    बुटवल,माघ १४ ।

    बुटवल उपमहानगरपालिकाले पहिलो पटक नगर प्रतीक चिह्न प्रचलनमा ल्याएको छ । नगर कार्यपालिकाको बैठकले गठन गरेको सिफारिस समितिको सिफारिसमध्ये बुटवल ११ का सौरभ न्यौपानेले तयार गरेको प्रतीक चिह्न प्रचलनमा ल्याएको हो ।

    नगरले प्रचलनमा ल्याएको प्रतीक चिह्नमा बुटवलको नेपाल–अङ्ग्रेज युद्धताकाको झलकसहित जितगढी किल्ला, उजिरसिंह थापा, मणिमुकुन्दसेन, बुटवल शहर, तिनाउ नदीजस्ता सङ्केतहरु छन् । नगर प्रवक्ता शिव रानाको संयोजकत्वमा रहेको सिफारिस समितिको बैठकले करिब एकसयभन्दा बढी प्रतीक चिह्नमध्येबाट तीनवटा प्रतीक चिह्न कार्यपालिका बैठकमा पठाएको थियो ।

    तीनवटा प्रतीक चिह्नमध्ये न्यौपानेको प्रतीक चिह्नले बुटवलको कला संस्कृति र परिवेश झल्काउने भएकाले सो प्रतीक चिह्न छनोट भएको प्रवक्ता रानाले बताउनुभयो ।कार्यपालिकाको बैठकको निर्णय अनुसार गत भदौमा बुटवल उपमहानगरपालिकाले बुटवलको पहिचान झल्किने गरी लोगो निर्माण गरी पेश गर्न सार्वजनिक रुपमा आह्वान गरेको थियो ।

    लोगो निर्माण गर्दा उपमहानगरपालिकाको नाम र नेपालको झण्डा अनिवार्य, उपमहानगरपालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक एवम् विशिष्ट मौलिक पहिचान झल्किने हुनुपर्ने प्रावधान रहेको थियो ।

    छनोट भएको उत्कृष्ट प्रतीक चिह्न (लोगो) लाई बुटवल उपमहानगरपालिकाले आफ्नो प्रतिक चिह्नका रुपमा प्रयोग गर्ने र प्रतीक चिह्न बनाउने न्यौपानेलाई उपमहानगरपालिकाले २५ हजार रुपियाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने प्रवक्ता रानाले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology