भारत,माघ १४ ।
भारत बिहारको मुख्यमन्त्रीमा पुन: नीतिश कुमार नियुक्त भएका छन् । आज आइतबार राजीनामा दिएका उनी ६ घन्टा पनि नबित्दै पुन: मुख्यमन्त्री नियुक्त भएका हुन् । यसअघि राष्ट्रिय जनता दलको समर्थनमा मुख्यमन्त्री रहेका उनी भारतीय जनना पार्टी बीजेपीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
उनले शपथ पनि लिएका छन् । शपथ ग्रहण समारोहमा बीजेपी अध्यक्ष जेपी नड्डा, लोक जनशक्ति पार्टी (रामविलास) नेता चिराग पासवान सहित धेरै नेताहरू उपस्थित थिए ।उनी बिहारको मुख्यमन्त्री बनेको यो नवौं पटक हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)