बुटवल,माघ १३ ।
बुटवल लेडी जेसीजले आफ्नो २८ औं पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पदस्थापनसँगै संस्थाको विकास र समृद्धिका लागि योगदान दिने संस्थाका पुर्व अध्यक्ष, सरोकारवाला, विभिन्न क्षेत्रका ब्यक्ति तथा पत्रकारलाई सम्मान कार्यक्रम गरेको हो ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले उद्घाटन तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गर्दै महिलालाई समाजमा घुलमिल हुन र सम्मान स्थापित गर्न लेडी जेसीजले खेलेको भुमिका प्रशंसनीय रहेको बताउनुभयो ।
युवा महिलाको नेतृत्व तथा ब्यक्तित्व विकासका लागि जेसीजले उदाहरणीय कार्य गरेको उल्लेख गर्दै उहाँले सामुदायिक सचेतना, लैंिगक समानता, क्षमता विकासका क्षेत्रका कार्य गरेर स्थानीय सरकारलाई समेत सघाएको बताउनुभयो । 
कार्यक्रममा नेपाल जेसीजका पुर्व अध्यक्ष अनुपमान सैजुले युवाको नेतृत्व, ब्यक्तित्व तथा क्षमता विकासका लागि जेसीजले विभिन्न अवसरहरु दिएको बताउँदै मानव जीवनमा सरकारात्मक परिवर्तनका लागि जेसीज उपयुक्त प्लेटफर्म रहेको बताउनुभयो ।
लेडी जेसीका अध्यक्ष कमला लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा लेडि जेसीजका संस्थापक अध्यक्ष रेखा शर्मा कट्टेल, बुटवल जेसीजका पुर्व अध्यक्ष राजिव गौतम, वर्तमान अध्यक्ष हरिविक्रम कुवँर, लेडी जेसीजका निर्वतमान अध्यक्ष अनुपमा श्रेष्ठ, कार्यकारणी उपाध्यक्ष बसन्ता घिमिरे, सहसचिव अपुर्वा खनाल, कृति पाण्डे, अनु खनाल लगायतले वर्ष २०२४ का लागि निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिनुहुँदै आफ्नो क्षमता विकास गर्ने र सिक्ने, सिकाउने थलोका रुपमा जेसीज रहेको बताउनुभयो ।
देवकोटालाई नारायण स्मृती उत्कृष्ट पत्रकारिता पुरस्कार :
जेसीजका महासचिव रुपा श्रेष्ठ पाठकको संचालनमा भएको कार्यक्रमको अवसर पारेर नारायण स्मृती उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार झविन्द्र देवकोटालाई पुरस्कृत गरिएको छ ।
युवा र जेसीजको विकास र समृद्धिका लागि कलम चलाएको भन्दै पत्रकार देवकोटालाई नगद दश हजार सहित पुरस्कृत गरिएको हो । तिलोत्तमा राष्ट्रिय दैनिकका सहसम्पादक देवकोटा बुटवल एफएम र बुटवल डायरीसँग आवद्ध हुनुहुन्छ ।
कार्यक्रममा पत्रकार देवकोटासँगै जेसीजको संस्थागत विकासमा योगदान गर्नु हुनु पुर्व अध्यक्षहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिलाई पनि सम्मान गरिएको अध्यक्ष कमला लम्सालले बताउनुभयो । सोही अवसर पारेर कान्ति माविका विद्यार्थी सुविधा पाण्डेलाई छात्रवृति समेत प्रदान गरिएको थियो भने जेसीजले प्रकाशन गरेको सृष्टि स्मारिकाको विमोचन समेत गरिएको थियो ।
वर्ष २०२३ की अध्यक्ष कमला लम्सालको समितिले वर्ष २०२४ का अध्यक्ष संगिता ढकालको समितिलाई पदस्थापन गराएको थियो । वर्ष २०२४ कालागि कार्यकारणी उपाध्यक्षमा सपना ज्ञवाली गैरे र बिनुदेवी रिजाल, उपाध्यक्षमा अपुर्वा खनाल, शुस्मा जिसी, कविता श्रेष्ठ र लक्ष्मी पौडेल, महासचिवमा रुपा श्रेष्ठ, कोषाध्यक्षमा पुनम पन्त, सह–सचिवमा कृर्ति पाण्डे र सह–कोषाध्यक्षमा मेरिना बर्मा निर्वाचित हुनु भएको छ । यस्तै जेसीजको कानुनी सल्लाहकार रुपा श्रेष्ठ पाठक र सीइएमा वेदना पाण्डेलाई चुनिएको निर्वाचन आयुक्त अनुपमा श्रेष्ठले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)