Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

गार्गीको फुड फेस्टिबलमा ७५० विद्यार्थी सहभागी,बुक फेस्टिबलमा राेजे मनलागेकाे पुस्तक

गार्गीको फुड फेस्टिबलमा ७५० विद्यार्थी सहभागी,बुक फेस्टिबलमा राेजे मनलागेकाे पुस्तक

  • 1.3K
    SHARES

  • गार्गीको  फुड फेस्टिबलमा  ७५० विद्यार्थी सहभागी,बुक फेस्टिबलमा राेजे मनलागेकाे पुस्तक

    बुटवल,माघ १३ ।

    बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीले शुक्रबार संयुक्त रूपमा फुड फेस्टिबल र बुक फेस्टिबल कार्यक्रम सम्पन्न गरेको छ ।विद्यार्थीमा व्यवहारिक शीप विकास गर्न र पठन सस्कृतिको विकास गर्न खाना महोत्सव र बुक प्रदर्शनी आयोजना गरिएको हो । विद्यालयका प्राचार्य भुवन अधिकारीले विद्यार्थी पढदै कमाउँदै गर्न सकुन भनेर खाना महोत्सवलाई प्रोत्साहित गरिएको नागरिक अनलाइनलाइ जानकारी दिए ।

    सो अवसरमा विद्यार्थीले विभिन्न परम्परागत परिकारहरु पस्केर आफ्ना अभिभावक, शिक्षक र विद्यार्थीलाई विक्री गरेका थिए । फुड फेस्टिबलको सबै सामानहरु विद्यार्थी आफैले जुटाएका थिए ।

    फुड फेस्टिबलमा कक्षा ६ देखि १० सम्मका ७५० जना विद्यार्थी सहभागी रहेको प्राचार्य अधिकारीले बताए । ‘पछिल्लो समय बालबालिका मोबाइलको लत बसेको छ’ प्राचार्य अधिकारीले भने नागरिक अनलाइनस‌ंग भने-‘त्यसबाट विद्यार्थीहरुलाई टाढै राख्नको लागि हामीले पुस्तक पढने बानीको विकास गर्न थालेका छौं । अभिभावकले पनि बालबालिकाको अगाडि मोबाइल नहेर्ने र बालबालिकासँगै पढनुपर्छ ।’

    साथै सोही अवसरमा दोस्रो त्रैमासिक परीक्षाको नतिजा पनि प्रकाशन गरिएको छ । २०६८ सालमा स्थापित विद्यालयमा अहिले १ हजार ९७२ जना विद्यार्थी अध्ययनरत छन् ।fest.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, माघ १३ २०८००३:१८:४७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology