बुटवल,माघ १३ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देहीमा नयाँ नेतृत्वको पदस्थापन भएको छ । महासंघको २१ औँ वार्षिक साधारण सभा तथा १० औं अधिवेशनबाट निर्वाचित नेतृत्वलाई पदस्थापन गराइएको हो ।
नवनिर्वाचित अध्यक्ष गोपाल बस्याललाई निर्वाचन अधिकृत यमलाल लोहनीले संस्थाको विधान अनुसार पद तथा गोपनीयताको सपथ ग्रहरण गराए भने अध्यक्ष बस्यालले निर्वाचित पदाधिकारी, सदस्य र लेखा समितिलाई शपथ ग्रहण गराए । निवर्तमान अध्यक्ष रामकृष्ण चापागाईले नव निर्वाचित अध्यक्ष गोपाल बस्याललाइ पदभार ग्रहण गराए । सचिव कृष्ण बहादुर कार्कीले नवनिर्वाचित सचिव बालकृष्ण भण्डारीलाई माइन्युट हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयले प्रविधिका कारण स्टेशनरी ब्यवसाएमा जटिलता थपिदै गएको बताउँदै पठन सँस्कृतिको बिकासमा जोड दिए । तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले स्टेशनरी ब्यवसायिले गरेको सामाजिक कार्यको प्रसंसा गर्दै पुस्तकालय निर्माण्मा आफूले सक्दो सहयोग गर्ने बताए ।
पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष दिवाकर घिमिरे, निवर्तमान केन्द्रीय अध्यक्ष मनोहरी बस्याल, केन्द्रीय उपमहासचिव यमलाल लोहनी, संस्थापक केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद पाण्डे, रुपन्देहिका संस्थापक अध्यक्ष बालकृष्ण बस्याल लगायतले बोल्दै संघलाई थप क्रियाशिल बनाएर लैजान नवनिर्वाचित नेतृत्वलाई सुझाब दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)