Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

माघ १७ गतेदेखि चैत ५ सम्म रानीमहल जाने बाटो बन्द !

माघ १७ गतेदेखि चैत ५ सम्म रानीमहल जाने बाटो बन्द !

  • 1.1K
    SHARES

  • माघ १७ गतेदेखि चैत ५ सम्म रानीमहल जाने बाटो बन्द !

    पाल्पा,माघ १३ ।

    पाल्पाको ऐतिहासिक एवं पर्यटकीय स्थल रानीमहल जाने सडक बन्द हुने भएको छ । बैकुन्ठे भीर नजिकै सडक निर्माण गर्नुपर्ने भएकाले ४८ दिनका लागि सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । 

    तानसेनदेखि रानी महलसम्म जाने सडक यही माघ १७ गतेदेखि आगामी चैत ५ गतेसम्म बन्द गरिने पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो । रानी महल जाने सडकको बैकुन्ठे भीर क्षेत्रमा सडक बनाउनुपर्ने र सो क्षेत्रको सडक साँघुरो रहेकाले बन्द गरेर निर्माणको काम गर्नुपरेको उहाँले बताउनुभयो । 

    रानी महलसम्म जानका लागि अन्य वैकल्पिक बाटो प्रयोग गर्न सकिने सडक पूर्वाधार कार्यालय पाल्पाले जनाएको छ । सो अवधिमा तानसेन–अर्गेली–कमलपोखरी–छेर्लुङ् सडक प्रयोग गरेर रानी महलसम्म जान आउन सकिने कार्यालय प्रमुख वासुदेव भण्डारीले बताउनुभयो । 

    यस्तै जिल्लाको आर्यभाङ्ज्याङ् रामपुर सडक खण्ड समेत बन्द गरिने भएको छ । सो सडक खण्डको हुमिन ताहुँ देउराली खण्डमा सडक निर्माण गर्न यही माघ १७ गतेदेखि फागुन १६ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय भएको जिल्लास्थित राजमार्ग (सडक) सुरक्षा समितिले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology