बुटवल,माघ ९ ।
पाल्पाका ९ महिने शिशु स्पाइनल मस्क्युलर एर्थोफि रोगबाट ग्रसित भएपछि उपचारमा आर्थिक अभाव भएको छ । परिवारजनले उपचारका लागि सहयोगको लागि अपिल गरेका छन् ।
तानसेन नगरपालिका–११ घर भई हाल तिलोत्तमा बस्दै आएका आमा सिर्जना भट्टराई बिस्ट र बुवा महेन्द्र बिष्टका ९ महिना पुगेका छोरा सिर्जम बिष्ट संसारमै दुर्लभ मानिने रोग स्पाइनल मस्क्युलर अर्थोफि रोगबाट ग्रसित भएका छन ।
वंशाणुगत रूपमा लाग्ने यो रोग लागेपछि उपचारका लागि करौडो लाग्ने गर्दछ । यो रोग लागे पछि मांसपेशीहरू कमजोरी हुने,असक्तता,मेरूदण्डको स्कोसिसमा समस्या र फोक्सोको कार्यमा अवरोध भई स्वासप्रस्वासमा समस्या हुने गर्दछ ।
अस्पतालका अनुसार संसारका धेरै कम मानिसहरूमा स्पाइनल मस्क्युलर एर्थोपि रोगपर्ने र उपचारका लागि करिब २६ करोड खर्च लाग्ने हेन्द्र बिष्टले बताउनुभयो । बच्चा जन्मिदा सामान्य नै भए पनि जन्मिएको करिब ९ महिना सम्म पनि सामान्य बच्चा जस्तो बामे सर्ने,लडिबुडि गर्ने जस्ता कृयाकलाप गर्न सक्दैन । डाक्टर सल्लाहा अनुसार बच्चालाई १८ महिना भित्र जोजेन्सामा नामको खोप लगाउनुपर्ने एहाँले बताउनुभयो ।
सहयोग गर्न चाहानेहरुले फोन नम्बर आमा सिर्जना बिष्ट 9849907505,बुवा महेन्द्र बिष्ट 9847101478 लाई सम्पर्क गरिदिनुहुन अनुरोध गरेका छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)