बुटवल,माघ ९ ।
बुटवल १९ पत्थरगंजमा रहेको शिव दुर्गा मन्दिर श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरति महोत्सव शुरू भएको छ । मन्दिरको भौतिक बिका तथा अक्षयकोष स्थापनार्थ महायज्ञ शुरू गरिएको हो । महायज्ञको प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै सांसद चौधरीले समाजमा बिकासको आधार महायज्ञ पनि बन्न थालेको बताए । उनले गाँउ समाजका बिभिन्न योजनाहरु महायज्ञबाट भएको स्मरण गर्दै बिद्यालय,मन्दिर स्थापनामा महायज्ञहरु सफल भएको दाबी गरे ।गाउँ समाजमा रहेका सबै तहका समुदायको सहकार्यमा विकास संभव भएको बताउँदै सांसद चौधरीले त्यसलाई धार्मिक अभियानको माध्यमबाट मेलमिलाप र सहकार्यमा लैजाँदै भौतिक विकासमा लान सकिने विचार व्यक्त गरे ।
महायज्ञका प्रमुख वाचक पं चन्द्रकान्त काफ्ले समाजमा छरिएर रहेको रकमलाई यस्ता धार्मिक कार्यबाट पूण्य काममा लगाउन सकिने बताए । कुनै व्यक्ति एक्लै सक्षम र धनी बन्दैमा समाजको विकास नहुने भएकाले आफ्नो कमाईको केही प्रतिशत सामाजिक अभियानमा लगाउनुपर्ने धारणा उनले राखेका थिए ।
पं.काफ्लेले दानदक्षिणा सबैले आफूसक्दो दिनुपर्ने तर सक्नेहरुले दिल खुला राख्नुपर्ने बताए । महाय मूल समारोहका संयोजक हिमबहादुर खत्रीको अध्यक्षता रामप्रसाद आचार्यको संचालनमा भएको महायज्ञ शुभारम्भ कार्यक्रममा बुटवल १९ का वडाध्यक्ष चन्द्रसिंह थापा, १४ का अध्यक्ष दधिराम न्यौपाने, समितिका महासचिव भानु खत्री, मिलनटोल विकास समितिका अध्यक्ष धु्रव खत्री, हरियाली आमा समूहका अध्यक्ष विष्णुदेवी खत्रीलगायतले धारणा राखेका थिए । उद्घाटन समारोहअघि मन्दिर परिसरबाट निस्केको कलश यात्रा बुटवलका वडा नं १४, १९, ११ र १३ का विभिन्न टोलमा झाँकी, पन्चेवाजासहित पुगेको थियो । सो महायज्ञ माघ १५ गतेसम्म चल्नेछ । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)