Logo बिहिवार, आश्विन १ गते २०८३
images

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • 1.2K
    SHARES

  • दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

    बुटवल,माघ ८ ।

    दाङको लमही नगरपालिका-९ रिहार नजिक यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश ३-०१००५ ख ९७१९ नम्बरको बस आइतबार राति ११ बजे दुर्घटना हुँदा बर्दियाको गेरुवा गाउँपालिका-१ का भीमनाथ योगी र मधुवन नगरपालिका-२ अमरपुरका युवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    साे बस बर्दियाबाट पूर्व-पश्चिम राजमार्ग हुँदै  काठमाडौं जाँदै थियो । बस दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले पट्टा भाँचिएर बस दुर्घटना भएको अनुमान गरिएको जनाएको छ । गत पुस २७ गते नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रु बस दाङको राप्ती गाउँपालिका-१ भालुबाङमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology