बुटवल,माघ ५ ।
नेपाल बिद्यार्थी संघ रुपन्देही , नेपाल तरुण दल रुपन्देही ,तरुण दल क्षेत्र नम्बर (२) कार्यसमिति र तरुण दल बुटवल उपमहानगरपालि कार्यसमिति को संयुक्त आयोजनामा बुटवलमा तरूण एवं बिद्यार्थी युवा भेला सम्पन्न भएको छ ।
करिब १ हजार २ सय जनाको सहभागितामा कार्यक्रम भब्य रूपमा भएको तरूण दल रूपन्देहीका कार्यवाहक अध्यक्ष प्रशान्त कोइरालाले नागरिक अनलाइनलाइ जानकारी दिए ।
बुटवल फूलबारीमा भएको सो भेलामा रूपन्देहीका कांग्रेसका सबै तहका नेता,जनप्रतिनिधि,तरूण दल,नेविसंघ,पार्टीका युवाहरू लगायतका नेता कार्यकर्ताहरूको बाक्लो सहभागिता रहेको थियो ।
आउने शुक्रबार क्षेत्र न ५ मा पनि यसै प्रकारको भेला तथा बनभोज आयोजना गरिएको तरूण दलले जनाएको छ। युवा तरूण बिद्यार्थी पहिलोपटक एउटै कार्यक्रममा जुटेर नयाँ सन्देश दिएका छन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)