बुटवल,माघ ५ ।
अक्सफोर्ड मावि बुटवलमा कक्षा ११ र १२ होटल म्यानेजमेन्टका विद्यार्थीको आयोजनामा फुड फेस्टिवल तथा लाइभ कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ ।
दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको खाना महोत्सव तथा सांगीतिक कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विगतदेखि नै अक्सफोर्डले यस्ता रचनात्मक कार्यक्रम गर्दै विद्यार्थीलाई प्रयोगात्मक रूपमा सिक्ने र सिकाउने वातावरण विद्यालयले सिर्जना गरेको बताए। प्राध्यापक सुमन भुसालले फुड फेस्टिवल कार्यक्रम गर्नुको प्रमुख कारण विद्यालयमा सिकेको ज्ञान र सीपको प्रयोग सँगै विद्यार्थीहरुले आम्दानी कसरी गर्न सकिन्छ भन्ने व्यावहारिक ज्ञान समेत दिन कार्यकम आयोजना गरेको बताए । 
२०५९ सालमा स्थापना भएको यश मा. विमा लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील प्रबुद्ध व्यक्तिहरुको संलग्नता रहेको छ । हाल विद्यालयमा कक्षा ११ र १२ मा २५५० विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।
विद्यालयले हरेक वर्ष उत्कृष्ट रिजल्ट ल्याउदै आएको छ । खाना महोत्सव कार्यक्रममा विभिन्न ६ ओटा स्टलहरू रहेका थिए। जसमा मम,पिजा,बर्गर, जस्ता परिकारहरू रहेका थिए। करिब छ हजारको उपस्थितिमा भएको कार्यक्रममा छ लाख बराबरको आर्थिक कारोबार भएको प्राध्यापक गोकर्ण खरेलले बताए ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य तथा गीतहरू समेत प्रस्तुत गरेका थिए भने विभिन्न ब्यान्डहरूले आफ्नो प्रस्तुती देखाएका थिए। खाना महोत्सव कार्यक्रमबाट करिब २ लाख जति नाफा भएको हुंदा उक्त नाफा समेत विद्यार्थीहरूले बाडने भुसालले बताए ।
कार्यक्रममा अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली ,क्याम्पस प्रमुख मनोज मरासिनी ,क्याम्पस अध्यक्ष अजित खनाल,पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल,विद्यालय ब्यबस्थापन समिति अध्यक्ष ललित खरेल लगायतको सहभागितना थियोे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)