बुटवल,माघ ४ ।
बुटवल उपमहानगरपालिका ११ स्थित प्रगति माध्यामिक विद्यालयले रजत जयन्ती महोत्सव शुभारम्भ गरिएको छ । विद्यालय स्थापनाको ऐतिहासिक २५ औँ वार्षिकोत्सबको अवसरमा विद्यालय ब्यवस्थापन समितिले विविध कार्यक्रम गरि रजत महोत्सव मनाउन शुरु गरेको हो ।
आज एक समारोहका बिच रजत महोत्सवको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्रमणि खनालले उद्घाटन गर्नुभयो । सो अबसरमा बोल्दै प्रमुख अतिथि खनालले बुटवलका सामुदायिक बिदालयहरु पनि अब्बल बन्दै गइरहेको भन्दै उपमहानगरबाट शैक्षिक सुधारका योजनाहरु लागु गरिएको बताउनुभयो ।
उहाँले बिद्यार्थी संख्या बढाउन र शैक्षिक गुणस्तर बृद्धिका लागि पालिकाले सधै सहयोग गर्ने बताउनुभयो । विद्यालयका अध्यक्ष जित बहादुर मल्लले शहरभित्रकै पिछडिएको वडामा रहेर बिस २०५४ सालमा स्थापना भएको विद्यालयले शैक्षिक योगदान दिदै आएको बताउनुभयो ।
श्रमिक, गरिब, जनजातीहरुका छोराछोरीहरुलाई शिक्षा दिदै आएको विद्यालय नगरको पहुचमा पुग्न नसकेको अवस्थामा पनि स्थानिय शिक्षाप्रेमीहरुको अगुवाईमा भौतिक र शैक्षिक विकास हुँदै आएको बताउनुभयो ।विद्यालयका प्रधानाध्यापक शिव कुमारी अर्यालले माघ ३ गतेदेखि ७ गतेसम्म सप्ताहब्यापी कार्यक्रम थालिएको र यसका लागि विभिन्न उपसमितिहरु गठन गरिएको जानकारी दिनुभयो । ७ गतेसम्ममा विद्यालयमा विद्यालयस्तरीय खेलकुद, सास्कृतिक झाकि, अक्षयकोष छात्रवृत्ति वितरण, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सास्कृतिक प्रस्तुती, सम्मान, स्मारिका बिमोचन तथा दीपावली सहितका कार्यक्रम हुनेछन् ।विद्यालयमा शैक्षिक विकासमा योगदान दिने अक्षयकोष दाता, शिक्षकहरुलाई सम्मानको समेत गरिएको छ ।
उद्घाटन कार्यक्रममा विद्यालयका सल्लाहकार भोजबहादुर केसी,जनप्रतिनिधि नकुल शाही,हेमा थामी,माया दर्नाल,पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा लगायतले बोल्दै प्रगति माबिलाइ सबैले साथ दिएर नमुना बिदालय बनाउन पहल गर्नुपर्ने बताउनुभयो । विद्यालयमा हाल २१ शिक्षक–कर्मचारी र ६ सय विद्यार्थीहरु अध्ययरत छन् । बुधबार शोभा कलश यात्रा निकालिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)