Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

संस्कृति संरक्षणका लागि महिलाहरुलाई नौमती बाजा हस्तान्तरण

संस्कृति संरक्षणका लागि महिलाहरुलाई नौमती बाजा हस्तान्तरण

  • 1.2K
    SHARES

  • संस्कृति संरक्षणका लागि महिलाहरुलाई नौमती बाजा हस्तान्तरण

    गुल्मी, माघ ४ ।

    गुल्मीमा महिलालाई नौमती बाजा हस्तान्तरण गरिएको छ । जिल्लाको इस्मा गाउँपालिकाको स्वीकृत कार्यक्रम अनुसार वडा नम्बर– ४ हुलका मगर समुदायका महिलाहरुलाई संस्कृति संरक्षणका लागि नौमती बाजा हस्तान्तरण गरिएको हो । 

    जनजातिमध्ये मगर समुदाय बाहुल्यता रहेको यहाँ सांस्कृतिक विविधतामा एकता कायम राख्नका लागि नौमती बाजा हस्तान्तरण गरिएको हो । मगर समुदायको पराम्परागत संस्कृति संरक्षणका लागि नौमती बाजा हस्तान्तरण गरिएको छ । 

    लोप हुँदै गइरहेको परम्परागत र मौलिक नौमती बाजाको संरक्षणका लागि गाउँपालिकाले महिलाहरुलाई नौमती बाजा हस्तान्तरणसंगै सीप पनि सिकाउने गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो । 

    मगर समुदाय भित्रका महिला दिदिबहिनीहरुलाई बाजा बजाउन सिकाइ सांस्कृतिकसँगै आर्थिक रुपमा परिपक्व बनाउने गाउँपालिकाको लक्ष्य रहेको उहाँले बताउनुभयो । आवश्यकता अनुसार गाउँपालिकाले नौमती बाजा बजाउने तालिम समेत प्रदान गर्ने भएको छ । 

    त्यहाँका महिलालाई करिब दुई लाख रुपियाँ बराबरको नौमती बाजा हस्तान्तरण गरिएको छ । अहिले यहाँका महिला दिदिबहिनीहरुले राम्रोसँग बाजा बजाउन सिक्नुभयो भने प्रभावकारी रुपमा यसलाई अगाडि बढाउन सकियो भने कालान्तरमा सबै वडाहरुमा महिला नौमती बाजा समूह बनाउने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ । 

    बाजालाई सहि सदुपयोग गर्न आग्रह गर्दै यसबाट महिला दिदीबहिनीहरुले मनग्य लाभ लिन जरुरी रहेको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताउनुभयो । बाजा टुट्ने फुट्ने गरि कसैको घरमा राख्न नहुने जुन उद्देश्यले तपाईंहरुले माग गर्नुभएको हो त्यो पूरा गर्न जरुरी रहेको उहाँले बताउनुभयो । 

    गाउँपालिकाबाट नौमती बाजा पाएसँगै त्यहाँ महिलाहरु अत्यन्तै खुसी देखिएका थिए । उहाँहरुले राम्रोसँग नौमती बाजा बजाउन सिकेर अरुलाई पनि प्रेरणा मिल्ने गरी अगाडि बढ्ने भन्दै गाउँपालिकालाई धन्यवाद दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology