Logo बिहिवार, आश्विन १ गते २०८३
images

एडिबी र रूपन्देहीका पाँचवटा पालिकाबिच ऋण सम्झौता,पुर्वाधार निर्माणमा सहज

एडिबी र रूपन्देहीका पाँचवटा पालिकाबिच ऋण सम्झौता,पुर्वाधार निर्माणमा सहज

  • 3.0K
    SHARES

  • एडिबी र रूपन्देहीका  पाँचवटा पालिकाबिच ऋण सम्झौता,पुर्वाधार निर्माणमा सहज

    बुटवल,माघ ३ ।

    नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच १६ करोड अमेरिकी डलर (करिब रु २१ अर्ब बराबर) को सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब रु ७० करोड बराबर) को अनुदान सम्झौता भएको छ । सहरी  जीवनयापन सुधार परियोजना (अर्बन रेजिलियन्स एन्ड लाइभाबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट) कार्यान्वयनका लागि आज अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा अर्थसचिव कृष्णहरि पुस्कर र एडिबीका नेपालका लागि देशीय निर्देशक आर्नोड कोस्वाले हस्ताक्षर गर्नुभयो ।

    सो परियोजना पोखरा महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकामा कार्यान्वयन हुनेछ ।adb samjauta.jpg

    सम्झौतापत्रमा हस्ताक्षर पछि प्रतिक्रिया दिँदै अर्थसचिव पुष्करले यो परियोजना कार्यान्वयन हुने पालिकाको वित्तीय तथा समग्र प्राकृतिक पारिस्थितिक प्रणालीमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । महिला, सीमान्तकृत तथा  अर्थसामाजिक रुपमा पिछडिएका समूहको लागि इन्टर्नसिप, सीप सुधार र स्थानीय कलालाई समर्थन गर्नमा पनि योगदान गर्ने उहाँको भनाइ छ ।

    एडिबीका देशीय निर्देशक कोस्वाले आज सम्झौता भएका परियोजनाले सम्बन्धित पालिकाको पूर्वाधारमा सुधार, पर्यटन सम्पदाको पुनःरुत्थान र सुधारमा सहयोगी हुने अपेक्षा गरिएको बताउनुभयो । पूर्वाधार निर्माण र आर्थिक क्रियाकलाप सञ्चालनसँगै राजस्व वृद्धि, डिजिटल रूपान्तरण र स्थानीय सरोकारवालाको क्षमता अभिवृद्धिका लागी सहयोग गर्ने उहाँको भनाइ छ ।

    तिलोत्तमा नगरपालिका र एसियाली विकास बैंक बीच तीनअर्ब २५ करोड रुपैया बराबरको सम्झौता :

    सम्झौता कार्यान्वयन पछि ती पालिकामा प्राकृतिक, सांस्कृतिक र सम्पदा पर्यटन सम्पदाको पुनःरुत्थान गर्न, संस्थागत क्षमतालाई सुदृढ गर्न सहयोग गरेर परिवर्तनकारी प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

    तिलोत्तमा नगरपालिका र एसियाली विकास बैंक बीच तीनअर्ब २५ करोड रुपैया बराबरको सम्झौता भएको तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाणले नागरिक अनलाइनलाइ बताउनुभयो ।

    एडीबीबाट प्राप्त बजेटबाट ‘अर्बन रेजिलेन्स लाइभ्लीहुड इम्प्रुभमेन्ट परियोजना’ अन्तर्गत ठूला चारवटा योजना सञ्चालन गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो  । 

    तिलोत्तमाको वडा नम्बर १७ मा पाँच विगाह क्षेत्रफल जग्गामा बहुउद्देश्यीय सुविधायुक्त र आधुनिक चिस्यान केन्द्र,पथ्थरडाँडा–तिनाउँ सडक, ड्राइभरटोल–शिवपुर सडक र मधौलिया बिहुली बरौलियाडाँडाहुँदै चिस्यान केन्द्र जोड्ने सडक निर्माण गरिने अर्यालले जानकारी दिनुभयो  । adb samjauta.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology