Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जनतासंग ‘काँग्रेस सम्वाद ’ चलाउँदै रुपन्देही क्षेत्र नं. २ काँग्रेस

जनतासंग ‘काँग्रेस सम्वाद ’ चलाउँदै रुपन्देही क्षेत्र नं. २ काँग्रेस

  • 1.7K
    SHARES

  • जनतासंग ‘काँग्रेस सम्वाद ’ चलाउँदै रुपन्देही क्षेत्र नं. २ काँग्रेस

    बुटवल,माघ ३ ।

    नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ ले श्रृङ्खलावद्ध ‘काँग्रेस सम्वाद कार्यक्रम’ गर्ने निर्णय गरेको छ । क्षेत्रीय समितिको बुधबार बुटवलमा बसेको कार्यसमिति बैठकले श्रृङ्खलावद्ध ‘काँग्रेस सम्वाद कार्यक्रम’ सहितका विभिन्न निर्णय गरेको हो ।

    क्षेत्रीय सभापति प्रजापाल गिरीको सभापतित्वमा बसेको बैठकले प्रजातन्त्रबादी चिन्तन बोकेका भिन्नभिन्न तह र तप्का, पेशा, बर्ग र क्षेत्रका नागरिकसंग संवाद कार्यक्रम तय गरेको हो । काँग्रेस सम्वाद नामाकरण गरिएको उक्त कार्यक्रम श्रृङ्खलावद्ध रुपमा सञ्चालन गर्ने र पहिलो चरणको लागि तीन महिने तालिका पारित गरिएको क्षेत्रीय सचिव विमलराज भट्टराईले जानकारी गराउनुभयो ।

    काँग्रेस सम्बाद कार्यक्रम माघको २० गतेदेखि शुरु हुनेछ । पहिलो सम्वाद निर्वाचन क्षेत्र भित्रका संस्थागत बिद्यालय तथा कलेजमा प्राध्यापन गराउने शिक्षक र प्राध्यापकका बिच हुने सहसचिव मिलन थापाले बताउनुभयो । उक्त कार्यक्रम सम्पन्न गर्न क्षेत्रीय सदस्य दीपक रायमाझी संयोजक र कृष्ण चौहान क्षेत्रीलाई सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

    त्यसपछि फाल्गुण १९ गते सरकारी सेवाबाट निबृत्त कर्मचारी संग सम्वाद गरिने छ । चैत्र ३ गते प्राइभेट स्तरका बित्तीय संस्थाका कर्मचारीसंग र चैत्र १७ गते लेखक, साहित्यकार र श्रष्ठाहरुसंग काँग्रेस सम्वाद गरिने सहसचिव संगिता अर्याल गौतमले बताउनुभयो ।

    पार्टी भित्र र पार्टी बाहिर रहेका सबै तह र तप्काका आवाजलाई मुखरित गर्दै पार्टी भित्र सबैको अपनत्व, सामुहिक एकता र सांगठनिक दृष्टिकोण निर्माण गर्न सम्वाद उपयुक्त हुने भएकाले कार्यक्रम तय गरिएको उपसभापति खड्कबहादुर महतले बताउनु भयो । बैठकमा प्रदेश २(क) का उपसभापति चिन्तामणी भुसाल, कोषाध्यक्ष हिमाल गैरे, सदस्यहरु टेकबहादुर रेश्मी, कर्णबहादुर टण्डन, अनिता खत्री, अदिल खान, पुरन शाही, मिना जिसी, सुवास रायमाझी, बिबेश पुरी लागायतले बोल्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology