Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्वर्णपदक बिजेता थापालाई नयाँगाउँ खानेपानीद्वारा नगद २५ हजारसहित सम्मान

स्वर्णपदक बिजेता थापालाई नयाँगाउँ खानेपानीद्वारा नगद २५ हजारसहित सम्मान

  • 3.4K
    SHARES

  • स्वर्णपदक बिजेता थापालाई नयाँगाउँ  खानेपानीद्वारा  नगद २५ हजारसहित सम्मान

    बुटवल,माघ १ ।

    नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिप–२०२३ मा विश्व रेकर्ड कायम गर्ने खेलाडी दिलिप थापालाई सम्मान गरेको छ ।

    बुटवल १२ ढवाहा निवासी १८ वर्षीय थापाले भारतकोे हैदरावादमा सम्पन्न सो प्रतियोगितामो ५९ तौल समूहमा विश्व रेकर्ड कायम गरेका थिए ।  थापाले २०५ केजी उठाएर विश्व रेकर्ड राखेका हुन् ।dilip thapa.jpg

    उनले नवौंं आयोजनामा बनेको विश्व रेकर्ड ब्रेक गरेर नयाँ रेकर्ड कायम गर्न सफल भएका थिए ।  नयाँगाउँ खानेपानिले आइतबार एक कार्यक्रमको आयोजना गरी विश्व रेकर्ड कायम गर्न सफल थापालाई नगद २५ हजारसहित सम्मान गरेको हो । 
    सम्मान कार्यक्रमा बोल्दै बुटवल उपहानगरपालिका १२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्माले वडाले खेलाडीलाई सम्मान र आवश्यक सहयोग गर्ने बताए । साथै सानै उमेरमा वडा र देशको नाम राख्न सफल भएको खेलाडी थापालाई धन्यवाद व्यक्त गरी आगमी दिनमा पनि यस्तै रेकर्ड कायम राख्ने गरी अघि बढ्न आग्रह गरे ।

    यस्तै बुटवल उपमहानगरपालिकाका सुशासन समितिका संयोजक तथा वडा सदस्य गंगादत्त पौडेलले वडाले खेलाडीलाई सम्मान र प्रोत्साहन गर्ने बताए । कार्यक्रममा नयाँ गाउँ खानेपानी संस्थाकी अध्यक्ष रमा केसीले खेलाडी थापालाई हौसला प्रदान गर्नको लागि सम्मान गरिएको बताइन् । साथै उनले नयाँ गाउँ खानेपानीले अन्य कुनै सहयोग आवश्यक परेमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।   

    संस्थाका सचिव ओमप्रसाद भट्टराईको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष मिना जिसीले स्वागत मन्तव्य राखेकी थिइन् ।  यस अघि बुटवल उपमहानगरपालिका वडा नम्बर १२ ले खेलाडी थापालाई नगदसहित सम्मान गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology