Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

महिला कल्याणकारी बहुउद्देश्यीय सहकारीकाे  १७ औं साधारणसभा

महिला कल्याणकारी बहुउद्देश्यीय सहकारीकाे  १७ औं साधारणसभा

  • 1.0K
    SHARES

  • महिला कल्याणकारी बहुउद्देश्यीय सहकारीकाे  १७ औं साधारणसभा

    काैरव खत्री / बागलुङ,माघ १ ।

    गुल्मीको मुसिकाेट २ काे महिला कल्याणकारी बहुउद्देश्यीय  सहकारी संस्था लि.काे १७ औं साधारणसभा मुसिकाेट  देउरालीमा  सम्पन्न भएकाे छ । 

    साधारणसभालाई सम्वाेधन गर्दै प्रमुख अतिथि मुसिकाेट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनाेद कुँवरले सहकारीले उत्पादन गरेका कृषि उपज र बजारीकरण र तालिमकाे क्षेत्रमा  नगरपालिका  सहकार्य गर्न तयार रहेको कुरालाई जाेड दिनुभयो । साथै उहाँले अब छिट्टै  नगरपालिका भित्रका सहकारीहरू बीच अन्तरक्रिया  गर्ने बताउनुभयो । त्यस्तै मुसिकाेट नगरपालिकाका वडा न. २ का वडा अध्यक्ष रबिन्द्र केसीले सहकारीले अब स-साना उद्यमशिलतामा जाेड दिएर आत्मनिर्भर  बनाउनुपर्ने बताउनुभयो ।

    साथै साेही अवसरमा महिला बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक सचिव  अनिशा केसी,नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मला केसी, खस्थाेक माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव पाेखरेल,गङा प्राथमिक विद्यालयका प्रधानाध्यापक काैरव बहादुर खत्री,नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष इश्वरी प्रसाद आचार्य,शेयर सदस्य गाेमा खत्री लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियोे ।

    साधारणसभाकाे अवसरमा सहकारी संस्थाका अध्यक्ष तारा महतले प्रगति प्रतिवेदन  प्रस्तुत गर्नु भएकाे थियो ।त्यस्तै सहकारी संस्थाका लेखा संयाेजक रेशम केसीले आर्थिक बर्ष २०७९/८० काे आम्दानी र खर्चकाे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियाे। 
    साथै सहकारीको १७ औं साधारणसभा  तथा अधिवेशनले  तारा महतकाे अध्यक्षता ११ सदस्यीय महिला बहुउद्देश्यीय सहकारी संस्था लि.काे सञ्चालक समितिकाे पुनःगठन गरेकाे छ । सञ्चालक समिति उपाध्यक्ष रेशम रायमाझी, सचिव शुसिला पाेखरेल,सह सचिव कमला आचार्य,काेषाध्यक्ष रूपा घिमिरे रहनु भएको छ । त्यस्तै समितिका अन्य सदस्यहरूमा धर्मा कुमारी महत, कमला पाेखरेल,बसन्ता घिमिरे,भिम कुमारी नेपाली, विनिता पाेखरेल,लक्ष्मी खत्री  रहनु भएकाे छ ।त्यस्तै गिता आचार्यकाे संयाेजकत्वमा ३ सदस्यीय लेखा समितिकाे चयन गरिएको छ ।समितिका सदस्यहरूमा गाेमा खत्री, कमला रायमाझी रहनुभएकाे छ ।
    त्यस्तै काेपिला महतकाे संयाेजकत्वमा ३ सदस्यीय अनुगमन  समितिकाे चयन गरिएको छ ।

    समितिका सदस्यहरूमा मायादेवी  खत्री, मिरा खत्री रहनुभएकाे छ ।भने त्यस्तै सपना खत्रीकाे संयाेजकत्वमा ३ सदस्यीय शिक्षा   समितिकाे चयन गरिएको छ ।समितिका सदस्यहरूमा गिता  खत्री, गङा महत रहनुभएकाे छ ।त्यस्तै राेवट सिंह ठकुरीकाे संयाेजकत्वमा ३ सदस्यीय ऋण  समितिकाे चयन गरिएको छ ।समितिका सदस्यहरूमा विजुला राना, विमला रायमाझी  रहनुभएकाे छ ।साथै अनिशा केसीकाे संयाेजकत्वमा ३ सदस्यीय सल्लाहकार  समितिकाे चयन गरिएको छ ।

    समितिका सदस्यहरूमा पार्वती खराल,फुल कुमारी रायमाझी रहनुभएकाे छ ।साथै अवसरमा मुसिकाेट नगरपालिका वडा न.२ का वडा सदस्य देव बहादुर रायमाझी,वडा सदस्य बेल कुमारी नेपाली,वडा सचिव दाम बहादुर साेमै,समाजसेवी राम बहादुर केसी,समाजसेवी मदनदिप घिमिरे, लगायतकाे उपस्थिति  रहेको थियो। त्यस्तै साधारणसभा कार्यक्रमकाे अवसरमा  अनिशा केसी,हिमा बिक,फुल कुमारी महत,रेमकला घिमिरेलाई  दाेसल्ला र मायाकाे चिनाेले सम्मान गरिएकाे थियो ।

    साधारणसभा सहकारी संस्थाका अध्यक्ष तारा महतकाे अध्यक्षता तथा  सहकारी संस्थाका सह सचिव कमला आचार्यकाे स्वागत  मन्तव्यसंगै शुरू भएको कार्यक्रमकाे सञ्चालन भने सहकारी संस्थाका सचिव शुसिला पाेखरेलले गर्नु भएकाे थियोे ।साथै २०६३सालमा स्थापना भएकाे  सहकारीमा हाल २ सय,६६ जना महिला शेयर सदस्यहरू आवद्ध रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology