काैरव खत्री/ बागलुङ,माघ १ ।
गुल्मीको मुसिकाेट नगरपालिका १ पाैदी अमराईस्थित छत्रभूमि इङलिस बाेडिङ स्कुलकाे १५ औं बार्षिकउत्सव तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ ।
प्रमुख अतिथि मुसिकाेट नगरपालिका वडा न.७ का पुर्व वडा अध्यक्ष प्रकाश काफ्लेले शिक्षाकाे जराे भनेकाे समाजसंग रहेको बताउनुभयो ।त्यस्तै उहाँले अब नयाँ शिक्षा पद्धतिकाे विकासमा बहस गर्नुपर्ने बेला आएकाे भन्दै अहिलेकाे शिक्षा आर्थिक विकास र उत्पादनलाई जाेड दिएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
बार्षिकउत्सव कार्यक्रमका अवसरमा नेपाल राष्ट्रिय सर्बोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी थापा,मुसिकाेट नगरपालिका वडा न.१ का पुर्व वडा सदस्य दल बहादुर थापा,समाजसेवी नारायण थापा लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियो ।
साथै अवसरमा मुसिकाेट नगरपालिका वडा न.१ पाैदी अमराई निवासी वयोवृद्ध देवकली थापा, गाैमती थापा,दुर्गी थापा, धन कुमारी गिरी,गाैरी थापालाई दाेसल्ला र सम्मान पत्रले सम्मान गरिएकाे थियो ।
त्यस्तै अवसरमा ८ जना पुर्व शेयर सदस्यहरूलाई सम्मान पत्रले सम्मान गरिएकाे थियो ।त्यस्तै कार्यक्रम अवसरमा आधारभूत तहकाे हाजिरी जवाफ प्रतियोगिता तर्फ छत्रभूमी इङलिस बाेडिङ स्कुल समुह ए प्रथम, र समूह वी द्वितीय भएकाे छ । त्यस्तै नेपाल राष्ट्रिय सर्बोदय माध्यमिक विद्यालय तृतीय भएकाे छ ।
त्यस्तै कार्यक्रमका अवसरमा राष्ट्रिय कलाकारहरू नरेश खाती, मञ्जु भट्टराई,उज्वल गिरी तथा स्थानीय कलाकार कमल बराल,डान्सर ओवी रायमाझी, सविता भुषाल,राजु दर्लामी,पुष्कर सारू,रामु बाेमरेल लगायतकाे बेजोड सांस्कृतिक प्रस्तुती रहेकाे थियो ।
छत्रभूमी इङलिस बाेडिङ स्कुल सञ्चालक समिति अध्यक्ष अम्मर बहादुर थापाकाे अध्यक्षता तथा बाेडिङ स्कुलका शिक्षिका सिता रायमाझीकाे स्वागत मन्तव्यसंगै शुरू भएको कार्यक्रमकाे सञ्चालन भने बाेडिङ स्कुलका शिक्षक प्रदीप पुन र व्यवस्थापक सुनिल थापाले गर्नु भएकाे थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)