Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

न्यू होराइजन प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिताको ३० औं संस्करण सुरू

न्यू होराइजन प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिताको ३० औं संस्करण सुरू

  • 1.7K
    SHARES

  • न्यू होराइजन प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिताको ३० औं संस्करण सुरू

    बुटवल,माघ १ ।

    न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिताको ३० औं संस्करण सुरू भएको छ । प्रतियोगिताको ३० औं संस्करणको प्रथम चरण आज आइतबार तीन वटा केन्द्र रुपन्देहीको बुटवल, दाङको लमही र पाल्पामा एकै साथ सुरु भएको हो ।

    रूपन्देहीको बुटवल केन्द्रमा ४१ विद्यालय प्रतियोगितामा सहभागी भएका थिए भने हिट राउन्डबाट ६ टिम प्रतिस्पर्धामा उत्रेका थिए । हाजिरीजवाफ प्रतियोगिता शुभारम्भपछि बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तथा पुर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले भविष्य उज्ववल बनाउन नैतिकता र अनुशासन नै प्रमुख आभार हुने धारणा राखे ।

    बुद्धीविवेकलाई सहि ढंगले प्रयोग गरेमा मात्र नया काम गर्न सकिने र असल नागरिक बन्न सकिने उनको भनाइ छ । देशमा सहि शिक्षा नीतिको अभाव रहेको उनको तर्क छ । शिक्षालाई उद्यमसंग जोडेर अघि बढ्नुपर्ने काममा राजनीतिक दलहरू अग्रसर हुनुपर्ने श्रेष्ठको भनाइ छ ।विद्यार्थीको प्रतिभा उजागर गर्नका लागि यसप्रकारको प्रतियोगितालाई निरन्तरता दिएको माविका प्राचार्य लोकनाथ उपाध्यायले बताए ।horizon.jpg

    विद्यालयका शिक्षक कपिल आचार्यको संचालनमा भएको उद्घाटन कार्यक्रममा अभिभावक संघमा केन्द्रीय सदस्य लोकनाथ ज्ञवालीले विद्यार्थीको सिकाई नै सबैभन्दा ठुलो उपलब्धि हुने बताए । कार्यक्रम संयोजक कमलापति अर्याल, राजिव श्रेष्ठ, भास्करनाथ पाण्डे लगायतले बोलेका थिए ।

    त्यसैगरी आजै दाङ केन्द्र २१ विद्यालय र पाल्पा केन्द्र २७ विद्यालय प्रतियोगितामा सहभागी भएका छन । बुटवल, दाङ र पाल्पा केन्द्रबाट उत्कृष्ट भएका ६ टिमबिचमा माघ २६ गते बुटवलमा फाईनल प्रतिस्पर्धा हुने संयोजक कमलापति अर्यालले बताए ।

    फाइनल राउन्डमा प्रत्येक केन्द्रबाट सेमीफाइनलमा प्रथम र द्वितीय भएका ६ विद्यालय प्रवेश पाउने छन् । फाइनलमा प्रथम हुनेलाई ३३ हजार, द्वितीय हुनेलाई २४ हजार, तृतीय हुनेलाई १८ हजार तथा सिल्ड, ट्रफी र प्रमाण पत्र प्रदान गरिने संयोजक अर्यालले बताए ।

    फाइनलमा ३ वटै प्रतियोगी समूहलाई प्रोत्साहन पुरस्कार प्रति समूह ३ हजारका दरले नगद र प्रमाणपत्र दिइने छ । त्यस्तै तीन वटै केन्द्रमा प्रथम हुनेलाई ९ हजार, द्धितीय ६ हजार, तृतीयलाई ४ हजार ५ सय र प्रोत्साहन पुरस्कार अन्य ३ समुहलाई प्रति समुह १५०० को दरले ४५०० शिल्ड मेडल र प्रमाणपत्रको समेत व्यवस्था गरिएको छ । लमही केन्द्रमा हुने प्रतियोगिताका लागि शिक्षक प्रकाश खनाल, पाल्पा केन्द्रमा विष्णुप्रसाद बस्याल र बुटवल केन्द्रमा मुक्तिनाथ पौडेललाई संयोजक अर्यालले बताए ।game.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology