बुटवल, पुस २९ ।
चिदिपानी तिलोत्तमा समाज रूपन्देहीको अध्यक्षमा कृष्णप्रसाद भट्टराई (खिम) चयन हुनुभएको छ। तिलोत्तमाको बनवाटिकामा भएको पहिलो अधिवेशनबाट अध्यक्षमा भट्टराई चयन हुनुभएको हाे।
बरिष्ठ उपाध्यक्षमा गुरु प्रसाद भुषाल,महिला उपाध्यक्षमा लक्ष्मी भट्टराइ,सचिवमा ओम प्रकाश भण्डारी, कोषाध्यक्षमा राम प्रसाद भण्डारी, सह सचिवमा मोतिलाल भण्डारी चयन भए ।
त्यसैगरी सदस्यमा छबवहादुर भण्डारी,विष्णुवहादुर थापा,मिनप्रसाद भण्डारी,कृष्णप्रसाद भट्टराई, माया भण्डारी,भक्त बहादुर थापा,बाबुराम भट्टराई,दिपक भण्डारी,श्यामप्रसाद भट्टराई, रमेश खत्री,पुष्पा खत्री,कल्पना भण्डारी, सुमीत्रा वस्नेत, निर्मला अर्याल, गीतासिङ्ग हमाल ठकुरी लगायतका सदस्यहरु चयन भएका छन् ।
यसैगरि चिदीपानी तिलोत्तमा समाज सत्यवती गुल्मी ले आयोजना गरेको जेष्ठ नागरिक सम्मान तथा बनभोज साधारण सभा तथा प्रथम अधिवेसन शनिवार तिलोत्तमाको बन वाटिकामा सम्पन्न भएको छ ।
“बुझौं हाम्रो सामाजिक रिति र थिति,जोगाऔ हाम्रो गौरवमय संस्कृति” भन्ने मूल नाराका साथ स्थापना भएको चिदिपानी तिलोत्तमा समाज रूपन्देही, गुल्मी जिल्ला चिदिपानीवाट रूपन्देहीको तिलोत्तमामा बस्दै आएकाहरुको सस्था हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)