Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

एमाले उपाध्यक्ष पौडेल ३ घण्टा हाइकिङमा,युवाहरुसहित पुगे बसन्तपुर

एमाले उपाध्यक्ष पौडेल ३ घण्टा हाइकिङमा,युवाहरुसहित पुगे बसन्तपुर

  • 1.8K
    SHARES

  • एमाले उपाध्यक्ष पौडेल ३ घण्टा हाइकिङमा,युवाहरुसहित पुगे बसन्तपुर

    बुटवल,पुस २८ ।

    नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल राष्ट्रिय युवा सङ्घ नेपाल रुपन्देही जिल्ला कमिटीले आयोजना गरेको हाइकिङमा सहभागी भएका छन् । शनिबार आयोजित हाइकिङलाई रुपन्देही २ का सांसदसमेत रहेका पौडेलले अगुवाइ गरेका हुन्।

    बुटवलको उपमहानगरपालिका वार्ड ३ गोलपार्कको बमघाटबाट पौडेलले अन्य पार्टी नेताहरूसहित करिब ३ घण्टा पदयात्रा गर्दै पाल्पाको वसन्तपुर पुगेका थिए । पौडेलसँगै राष्ट्रिय सभा पूर्व सदस्य खिमलाल भट्टराई, एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसी लगायत नेताहरू हाइकिङमा सहभागी थिए ।

    नेता पौडेलले भिर पाखा, झाडीहरू, काँडा घारी लगायतका अप्ठ्यारो अवस्थाहरूलाई पार गर्दै वसन्तपुर आइपुगेको अनुभव सुनाए । पैदल यात्राका क्रममा उनले ४३ वर्ष अघिको क्षणलाई पनि उनले सम्झेका थिए।  त्यो बेला जेल ब्रेकपछि पाल्पा जाने क्रममा प्रहरी प्रशासनको आँखा छल्न उनी वसन्तपुर आएका थिए । तर अहिले पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ उकालो यात्रा गरेको खुलाए । वसन्तपुर पुगेपछि केबलकार चढेर पौडेलसहित नेता बुटवलका गोलपार्कस्थित बमधाटमा झरेका थिए ।  

    यता समृद्धिको लागि पर्यटन प्रवर्द्धन भन्ने नारासहित हाइकिङ आयोजना गरेको युवा सङ्घ रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेतले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology