Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

ढकाल समाज प्रतिष्ठान लुम्बिनीको अध्यक्षमा राजेन्द्र र सचिवमा दिपक चयन

ढकाल समाज प्रतिष्ठान लुम्बिनीको अध्यक्षमा राजेन्द्र र सचिवमा दिपक चयन

  • 1.0K
    SHARES

  • ढकाल समाज प्रतिष्ठान लुम्बिनीको अध्यक्षमा राजेन्द्र र सचिवमा दिपक चयन

    बुटवल,पुस २८।

    नेपाल ढकाल समाज प्रतिष्ठान लुम्बिनी प्रदेशको प्रथम भेला तथा साधारण सभाले राजेन्द्र ढकालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    जसको उपाध्यक्षमा सतिदेबि ढकाल, सचिवमा दिपक ढकाल, कोषध्यक्षमा रेवतिरमण ढकाल, सह सचिवमा मधु ढकाल रहेका छन् भने सदस्यहरुमा रामेश्वर ढकाल, राजु ढकाल, हुमनाथ ढकाल, बलराम ढकाल, होमनाथ ढकाल, राम प्रसाद ढकाल, कमल ढकाल, ओबिदत ढकाल, लेखनाथ ढकाल भुवन ढकाल दुर्गा प्रसाद ढकाल शेर बहादुर ढकाल इन्द्रमनी ढकाल भरत केसी ढकाल, श्याम कुमार ढकाल चयन भएका छन् ।

    भेलामा बोल्दै नेपाल ढकाल समाज प्रतिष्ठान केन्द्रीय अध्यक्ष टिकाराम ढकालले उपमन्यु गोत्रभित्र रहेका सबै ढकाल बन्धुहरु गोलबन्द हुनु जरुरी रहेको बताए । ढकालहरुको संख्या देख्दा कम देखिएता पनि नेपालमा करिब २० लाख बढी रहेको भन्दै देशैभरी छरिएर रहेका ढकालहरु गोल्बन्द हुँदै सामाजिक कार्यहरु हुन् वा सँघसंस्थामा नेतृत्व लिने कुरामा एक भएर लाग्नुपर्ने उनको भनाई छ ।

    नेपालका विभिन्न सरकारी निकायहरुमा निजीक्षेत्रमा ढकालहरुको उपस्थिति राम्रो रहेको भन्दै यसलाई थप सशक्त बनाउँदै लैजानुपर्नै उनको भनाई छ । ढकालहरु एकीकृत नहँुदा धेरै अवसरहरुबाट समेत पछि परेको भन्दै ढकाल रहेका जिल्लाहरुमा समाज बिस्तार भैरहेकोले ढकालहरु नेपालका कुनैपनि जिल्ला जाँदा एक्लो नहुने उनको भनाई छ । लुम्बिनी प्रदेश संयोजक खुमराज ढकालले लुम्बिनी प्रदेशका १० जिल्लामा ढकाल समाज प्रतिष्ठान गठन भैसकेको बताए । जिल्ला जिल्लामा ढकालहरुको बसाईबारे तथ्यांक निकाल्ने र घरधुरी गन्ने काम भैरहेको उनको भनाई छ । केन्दीय वरिष्ठ उपाध्यक्ष जगन्नाथ ढकालले ढकालहरुको देशमा पहिचान गराउन समेत एकतामा बाँधिनु जरुरी रहेको बताए ।

    “हामी ढकालहरु कहाँबाट आएका हौं, कति छौं भन्ने यकिन निकाल्न र आफ्नो पुख्र्यौलीबारे पत्ता लगाउन समेत गोलबन्द हुनु जरुरी छ”–उनले भने । केन्द्रीय महासचिब दामोदर ढकालले देशैभरी जिल्ला समिति, नगर समिति, क्षेत्रिय समिति गठन हुने काम भैरहेको बताए । कार्यक्रममा केन्द्रीय सल्लाहकार नन्दीकिशोर ढकाल, पर्शुराम ढकाल, लेखनाथ ढकाल, केन्द्रीय सदस्य तारापति ढकाल, बिष्णुमाया ढकाल, कपिलबस्तु अध्यक्ष पदम ढकाल, बुटवल नगर अध्यक्ष माधव ढकालले उपमन्यु ढकालहरु एक हुन जरुरी रहेको भन्दै ढकालहरुलाई सहयोग र गोलबन्द गराउँदै लैजानुपर्ने बताए ।

    कार्यक्रममा ढकालहरुको नाम उच्चो राखेको भन्दै नेपाली सेना पश्चिम पृतना हेड कवाटर बुटवलका प्रमुख पृतनापति यम प्रसाद ढकाल, नेपाल टेलिभिजनका बुटवल सम्वाददाता वरिष्ठ पत्रकार हरिष ढकाल, प्रोफेसर दामोदर ढकाल, लिला बल्लभ ढकाललाई सम्मान गरिएको थियो ।dhakal.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology